नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता:प्रदेश १ मा खतिवडा!
सारांश
- विराटनगर १५,भदौ ।
- नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकीकरण अन्तिम चरणमा पुगेको छ ।
- प्रदेशको नेतृत्वमा प्रदेश १ र ३ को नेतृत्व चयन कठिन देखिएको छ ।
विराटनगर १५,भदौ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकीकरण अन्तिम चरणमा पुगेको छ ।प्रदेशको नेतृत्वमा प्रदेश १ र ३ को नेतृत्व चयन कठिन देखिएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता जिल्ला प्रदेश सबै तिर सहमती मा हुँदैछ । एकताको विषय जति साकार हुँदैछ त्यती नै नेतृत्व स्थापित गर्ने विषयमा मतान्तरहरु पनि बढ्दै गएका छन ।
प्रदेश १ र ३ मा यसकारण कठिन देखिएको छ यी दुबै प्रदेशमा नेतृत्वका लागि आंकक्षीहरु धेरै देखिएका छन । प्रदेश १ को अध्यक्ष बन्न तत्कालीन नेकपा एमालेबाट मात्रै करीव आधा दर्जन नेता आकांक्षी देखिएका छन् ।जगन्नाथ खतिवडा, नरेश खरेल, घनेन्द्र बस्नेत, देवराज घिमिरे, राजेन्द्र राई, राजेन्द्र गौतमले नेतृत्वमा दाबी गरेका छन । आंकाक्षी मध्येमा खतिवडा सबैभन्दा सिनियर हुन । खतिवडा लगातार दुई पटक केन्द्रीय सदस्य र पोलिटव्युरो सदस्य भइसकेका र हाल संसदीय जिम्मेवारीमा पनि नरहेका नेता हुन । त्यसकारण पनि खतिवडा अध्यक्षका लागि उपयुक्त पात्र हुन ।
खतिवडा प्रति वर्तमान पार्टी नेतृत्व सकारात्मक रहन सकेन भने उनी प्रदेश अध्यक्ष बन्ने सम्भावना कमजोर छ । तर वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना पक्षका नेताहरुको सकारात्मक पहलकदमी लिन सके भने खतिवडाको सम्भावना बलियो रहेको छ ।
प्रतिक्रिया