बलात्कारीलाई १२ वर्ष जेल र ५० हजार जरिवाना ठहर

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
बलात्कारीलाई १२ वर्ष जेल र ५० हजार जरिवाना ठहर

सारांश

  • उदयपुर ।
  • उदयपुरको जिल्ला अदालतले एक युवकलाई बलात्कारी ठहर गर्दै १२ वर्ष जेल सजाय तोकेको छ ।
  • जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ ।

उदयपुर । उदयपुरको जिल्ला अदालतले एक युवकलाई बलात्कारी ठहर गर्दै १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ ।

जिल्ला न्यायाधीश तीर्थराज केसीको एकल इजलासले मंगलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै ५० हजार जरिवाना फैसला गरेको हो ।
बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरीपछि कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै जिल्ला अदालतले सोमबार बालिका बलात्कारको अभियोगमा ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायका ३० हजार रुपैयाँ जरिवाना फैसलासमेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?