पूर्वसभामुख रानाभाटलाई दिएको ७० लाखबाट कहाँ हरायो बीचैमा ६३ लाख ?
सारांश
- काठमाडौं, १७ पुस ।
- सरकारले पूर्वसभामुख तारानाथ रानाभाटलाई आर्थिक सहायता भनेर ७० लाख उपलव्ध गराएको छ ।
- यद्यपि पूर्वसभामुख रानाभाटले भने आफूलाई सरकारले ७ लाखमात्रै उपलव्ध गराएको दावी गरेका छन् ।
काठमाडौं, १७ पुस । सरकारले पूर्वसभामुख तारानाथ रानाभाटलाई आर्थिक सहायता भनेर ७० लाख उपलव्ध गराएको छ । यद्यपि पूर्वसभामुख रानाभाटले भने आफूलाई सरकारले ७ लाखमात्रै उपलव्ध गराएको दावी गरेका छन् ।
बहिर्गमनको मुखैमा रहेको सरकारले आर्थिक सहायताका नाममा राज्यकोषबाट ठूलो रकम त वितरण गरेको छ नै, त्यो रकम सम्बन्धित व्यक्तिकहाँ नपुगेको पनि देखिन थालेको छ । राज्यले ७० लाख रुपैयाँ पूर्वसभामुखलाई उपलव्ध गराएको भनिरहँदा सहायता प्राप्त गर्ने व्यक्ति पूर्वसभामुख रानाभाटले नै ७ लाख प्राप्त भएको सञ्चारमाध्यमहरुलाई जनाएका छन् । रानाभाटको कुरालाई आधार मान्ने हो भने बाँकी ६३ लाख रुपैयाँ बीचैमा कहाँ गायब भयो भन्ने प्रश्न उठेको छ ।
पूर्वसभामुख रानाभाटले सिंहदरबारस्थित एभरेस्ट बैंक लिमिटेडको शाखा कार्यालयमा रहेको खातामा ७ लाखमात्रै जम्मा भएको दावी गरेका छन् । उनले विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै सरकारले आफ्ना नाममा बढी रकम देखाएको आरोप लगाएका छन् ।
यता, आफुनिटक व्यक्ति र संस्थालाई आर्थिक सहयोग दिएको आरोप लगाउँदै सरकारको कडा आलोचना गरिएको छ । सरकारले राजनीतिक पहुँचका आधारमा उपचार खर्च दिने गरेको आरोप पनि खेपिरहेको छ ।
त्यसैगरी सरकारले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीलाई पनि उचारका लागि ५ लाख ७५ हजार रुपैयाँ दिएको छ । रानाभाट र केसीलाई गत मंसिर ६ गतेको मन्त्रीपरिषद बैठकले आर्थिक सहायता दिने निर्णय गरेको थियो । त्यस्तै, तुलसी गिरीलाई पनि सरकारले गतहप्ता २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
Gb Chettri
कति हसुर्छौ जन्ताको रगत पसिना।
Gyan Rai
Jhudaune kanun Le matra thik garchha, yo paripatilai
Laxmi Baral
राज्य को ढुकुटी स्वाहा पारेको पैंसा त हो देउवाले घर बाट ल्याएर देको हैन क्यार जस्ले सक्छ उसैले खायो ठीकै त भो नि आखीर नेपाली नागरिक ले नै खायो होला।??
Prem Basnet
राज्यको पैसा खान्छु भन्दा हराए पनि तिर्ने जनता नै छन किन टेन्सन लिन परो नेताजी भोलिबाट 30 रुपयाको नुनको पाकेट 50 बनाइदिय भयो जनता मार्ने भन्दा अरु के छ र नेपालमा
Tekraj Tekrajbohora
masaga xa.
Razz Bhatta Rai
हैन उस्को यो पुरानो किस्ता होला।।दर्बार कान्ड को।।।भटटट।।।
Prakas Rana
Yo gadha pahile dekhinai chhor ho
Narendra Bohara
7 diyeko 70 lekheko vayer ni
Hari Sharma
यसरी राज्यकोषको लुट कहिले सम्म ।