काठमाण्डौँमा बुद्धवचनको दोस्रो वार्षिकोत्सव मनाइयो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १७, २०७६
|
|
५९ पटक हेरिएको
Shares
काठमाण्डौँमा बुद्धवचनको दोस्रो वार्षिकोत्सव मनाइयो

सारांश

  • गौतम बुद्धले सुभुति नाम गरेका शिष्यसँग गरेको कुराकानीमा आधारित प्रज्ञा पारमिता सुत्रलाई नेपाली भाषामा अनुवाद गर्दै आएको बुद्धवचन अनुवाद समितिको दोस्रो वार्षिकोत्सव काठमाडौँमा एक कार्यक्रम गरी मनाइएको छ ।
  • कार्यक्रममा प्रज्ञा पारमिता अनुवादमा संलग्न बौद्ध धर्म र दर्शनसँग सम्बन्धित विद्वान, भिक्षु, खेन्पो, संस्कृत, नेपाली र भोट भाषाका विज्ञ लगायतको समूह वार्षिकोत्सव मनाउन बौद्धमा रहेको समितिको कार्यालयमा जम्मा भएका थिए ।
  • समितिले दुई वर्ष पुरा गरेको अवसरमा केक काट्दै मनाइएको वार्षिकोत्सवमा बोल्दै अनुवाद समितिका अध्यक्ष टीका शेर्पाले प्रज्ञा पारमिता अनुवादलाई सांस्कृतिक राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको बताए ।

गौतम बुद्धले सुभुति नाम गरेका शिष्यसँग गरेको कुराकानीमा आधारित प्रज्ञा पारमिता सुत्रलाई नेपाली भाषामा अनुवाद गर्दै आएको बुद्धवचन अनुवाद समितिको दोस्रो वार्षिकोत्सव काठमाडौँमा एक कार्यक्रम गरी मनाइएको छ । कार्यक्रममा प्रज्ञा पारमिता अनुवादमा संलग्न बौद्ध धर्म र दर्शनसँग सम्बन्धित विद्वान, भिक्षु, खेन्पो, संस्कृत, नेपाली र भोट भाषाका विज्ञ लगायतको समूह वार्षिकोत्सव मनाउन बौद्धमा रहेको समितिको कार्यालयमा जम्मा भएका थिए ।

समितिले दुई वर्ष पुरा गरेको अवसरमा केक काट्दै मनाइएको वार्षिकोत्सवमा बोल्दै अनुवाद समितिका अध्यक्ष टीका शेर्पाले प्रज्ञा पारमिता अनुवादलाई सांस्कृतिक राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको बताए । नीजि तवरबाट सुरु भएको अनुवाद कार्य एकदमै चूनौतिपुर्ण रहेपनि देशविदेशका बौद्ध अनुयायी र दाताहरुको सहयोगबाट अनुवादलाई निरन्तरता दिन सकिरहेको शेर्पाको भनाई छ ।

गौतम बुद्धले दिएका जीवनपरक उपदेशलाई अष्टसाहश्रिका पारमिता, मध्यम पारमिता र सतसाहश्रिका पारमितामा संग्रहित गरिएको छ । दुई वर्षीय अवधिमा २५ हजार पंक्तिको अष्टसाहश्रिका पारमिताको अनुवाद कार्य सम्पन्न भएको अनुवादमा सहभागि लोचवा पुण्यप्रसाद पराजुलीले बताए । अनुवाद सम्पन्न भई सम्पादन समेत सकिएको अष्टसाहश्रिका पारमिता केही समय भित्रै सार्वजनिक गर्ने तयारी बुद्धवचन अनुवाद समितिले गरेको छ ।

चार वर्षे योजना अन्तर्गत समितिले प्रज्ञा पारमिता अनुवाद गर्न सुरु गरेको हो ।संस्कृत र भोट भाषामा रहेका अहिलेसम्म प्राप्त १ लाख ३३ हजार पक्ति रहेको पारमिता संंकलन गरी सहि रुपमा अनुवाद गर्न निकै कठिन भएको अनुवादमा संलग्न बताउँछन् ।

प्रज्ञापारमितासुत्रलाई बौद्ध धर्मावलम्वीले गौतम बुद्धको सबैभन्दा उत्कृष्ट, गम्भिर र सत्यज्ञानयुक्त उपदेशको संगह्र मान्छन् । यसमा बौद्धधर्मका सबैजसो प्रमुख सिद्धान्त, अवधारणा र शिक्षा प्रज्ञापारमितामा संग्रहित गरिएको अनुवाद समितिका अध्यक्ष शेर्पाले जानकारी दिए । तेस्रो शताव्दीसम्म संस्कृत र आठौँ सताव्दीदखि भोट भाषामा रहेको प्रज्ञा पारमिता काठमाडौमा रञ्जना लिपिमा स्वर्ण अक्षरले लिपिवद्ध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलाे सुनप्रकरण: सुन तस्करबाट कसले कति रकम लिए ?
३३ किलाे सुनप्रकरण: सुन तस्करबाट कसले कति रकम लिए ?
कात्तिक १४ गते शुक्रवारको राशिफल यस्तो छ
कात्तिक १४ गते शुक्रवारको राशिफल यस्तो छ
समृद्धिको सपना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ : सिंह
समृद्धिको सपना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ : सिंह
रवि लामिछानेले बुझाए निर्वाचन खर्च विवरण, ९ लाख ९० हजार रुपैयाँ खर्च
रवि लामिछानेले बुझाए निर्वाचन खर्च विवरण, ९ लाख ९० हजार रुपैयाँ खर्च
गाउँपालिकाको सेवा लिन तीन दिन
यी हुन नेपालमा कमाउने, पैसा राख्ने विदेशमा ! नाम पढ्नुभो
यी हुन नेपालमा कमाउने, पैसा राख्ने विदेशमा ! नाम पढ्नुभो
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’का कलाकारसहित ११ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’का कलाकारसहित ११ जना पक्राउ
वातावरणीय स्वःअनुगमन प्रतिवेदन बुझाउँदै उद्योगहरु
वातावरणीय स्वःअनुगमन प्रतिवेदन बुझाउँदै उद्योगहरु
सुरक्षित मानिएको गाजाको रफाह शहरमा पनि भीषण बमबारी, १३५ जनाको मृत्यु
सुरक्षित मानिएको गाजाको रफाह शहरमा पनि भीषण बमबारी, १३५ जनाको मृत्यु