सागमा आज २४ स्वर्णका लागि विभिन्न १२ खेल हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
सागमा आज २४ स्वर्णका लागि विभिन्न १२ खेल हुँदै

सारांश

  • काठमाडौं।
  • नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन सोमबार विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ।
  • त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भव्य उद्घाटन भएको सागमा दोस्रो दिन सोमबार १२ खेलमा प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं। नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन सोमबार विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भव्य उद्घाटन भएको सागमा दोस्रो दिन सोमबार १२ खेलमा प्रतिस्पर्धा हुनेछ ।

सागमा सोमबार तेक्वान्दो, कराते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र उसुको प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ । सोमबार तेक्वान्दो, कराते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्णको छिनोफानो हुनेछ ।

पुरुष फुटबलः
पुरुष फुटबलमा सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका भिड्नेछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंंगशालामा हुनेछ । बंगलादेश र भुटानबीचको पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ । माल्दिभ्स र श्रीलंकाबीचको दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ ।

भलिबलः
भलिबलमा महिला र पुरुष दुवै स्पर्धामा कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । सेमिफाईनलमा हारेका दुई टिम तेस्रो स्थानका लागि भिड्नेछन् । पुरुष भलिबलमा तेस्रो स्थान हासिलका लागि बंंगलादेश र श्रीलंका भिड्नेछन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ ।
महिला भलिबलमा तेस्रो स्थानका लागि श्रीलंका र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् । खेल अपरान्ह ४ बजे सूरु हुनेछ ।

खो खोः
खो खोमा दोस्रो दिन पुरुष स्पर्धामा श्रीलंका र बंगलादेश तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका र बंगलादेश बिहान ९ बजे र नेपाल र भारत बिहान १० बजे प्रतिस्पर्धा गर्नेछन् ।
कीर्तिपुरको नयाँ बजारमा सोही दिन श्रीलंका र नेपाल अपरान्ह ४ बजे र भारत र बंगलादेश साँझ ५ बजे भिड्नेछन् । महिला स्पर्धामा नेपाल र भारत बिहान ११ बजे र श्रीलंका र बंगलादेश मध्यान्न १२ बजे प्रतिस्पर्धा गर्नेछन् ।

सोही दिन श्रीलंका र नेपाल साँझ ६ बजे र भारत र बंगलादेश साँझ ७ बजे भिड्नेछन् । आईतबार नेपालका दुवै टिमले सफलता हात पारेका थिए । नेपालको पुरुष र महिला टिमले बंगलादेशलाई हराएका थिए ।

करातेः
साग अन्तर्गत कराते सोमबारबाट सुरु हुनेछ । सातदोबाटोस्थित अन्तर्रा्ष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ । सोमबार ५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसमा नेपालका ९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

तेक्वान्दोः
सागमा नेपालले सर्वा्धिक स्वर्णको आशा गरेको तेक्वान्दो सोमबार सुरु हुँदैछ । सातदोबाटोस्थित तेक्वान्दो हलमा खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
तेक्वान्दोमा सोमबार सर्वा्धिक १३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

ब्याडमिन्टनः
पोखरामा हुने ब्याडमिन्टनतर्फ सोमबार पुरुष टिम इभेन्ट र महिला टिम इभेन्टको सेमिफाइनल र फाइनलको खेल हुँदैछ । नेपालले सेमिफाइनलमा श्रीलंकासंग प्रतिष्पर्धा गर्नेछ । नेपालको लागि पुरुष टिम इभेन्टमा दिपेश धामी, प्रिन्स दाहाल र रत्नजित तामाङले खेल्ने छन् भने महिला टिम इभेन्टमा रसिला महर्जन, नङ्शल तामाङ र जेसिका गुरुङले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै टिम इभेन्टको फाइनल खेल पनि भोली नै हुने छ । सेमिफाइनल पुगेको नेपालले यसअघिनै टिम इभेन्टमा पदक पक्का गरिसकेको छ । सेमिफाइनलको खेल पोखरा रंगशालाको कभर्ड हलमा बिहान १० बजे सुरु हुनेछ ।

महिला क्रिकेटः
पोखरामा हुने महिला क्रिकेटमा नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ । पोखरा रंगशालामा हुने खेल बिहान ११ बजे सुरु हुनेछ । यस खेल नेपाली महिला क्रिकेट टिमका लागि घरेलु मैदानमा पहिलो अन्तराष्ट्रिय खेल समेत हुनेछ । महिला क्रिकेटको १२ वर्षे इतिहासमा महिला क्रिकेट टिमले घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्ने अवसर पाएको छैन ।

टेबल टेनिसः
टेबल टेनिसका खेल सोमबारबाट सुरु हुनेछ । बिहान १० बजे औपचारिक उद्घाटन गरेर टेबल टेनिसका खेलहरुको सुरुवात गरिनेछ । खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुनेछ ।

टेनिसः
लन टेनिसको प्रतिस्पर्धा पनि सोमबारबाट सुरु हुनेछ । सातदोबाटोस्थित टेनिस कोर्टमा नेपालले महिला तथा पुरुष दुवैतर्फ प्रतिस्पर्धा गर्नेछ । बिहान नेपालले टिम इभेन्टको पुरुष र महिलामा क्वाटरफाइनल खेल खेल्नेछ । पुरुषतर्फ नेपालले बंगलादेशको सामना गर्नेछ भने महिलातर्फ माल्दिभ्सको सामना गर्दैछ ।

गल्फः
साग अन्तर्गत गल्फ सोमबारबाट सुरु हुनेछ । गल्फको प्रतिस्पर्धा गोकर्ण गल्फ क्लबमा हुनेछ ।

उसुः
उसुको औपचारिक उद्घाटन सोमबार हुनेछ । उद्घाटन लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ ।

ट्रायथलनः
पोखरामा आयोजना हुने ट्रायथलन खेलको प्रतिस्पर्धा सोमबार बिहान हुनेछ ।

सोमबार ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलंका र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ नेपालका नितेश मानन्धर र बशन्त थारु तथा महिलातर्फ सोनी गुरुङ र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्ने छन् ।

(https://www.udenar.edu.co/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सौराहमा पर्यटकको रुवाबासी बाढी पस्यो, अधिकांश होटल डुबानमा
सौराहमा पर्यटकको रुवाबासी बाढी पस्यो, अधिकांश होटल डुबानमा
सामान्य अङ्कले घट्यो नेप्से
सामान्य अङ्कले घट्यो नेप्से
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रधानमन्त्री
विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रधानमन्त्री
प्रधानमन्त्रीपत्नी दाहालको निधन
प्रधानमन्त्रीपत्नी दाहालको निधन
मन्त्रिपरिषद्को बैठक जारी : प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सम्भावना
मन्त्रिपरिषद्को बैठक जारी : प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सम्भावना
बिश्वकप फुटबल २०१८: अराजक रसियालि समर्थक माझ टिक्ला त साउदि अरेबिया ?
बिश्वकप फुटबल २०१८: अराजक रसियालि समर्थक माझ टिक्ला त साउदि अरेबिया ?
मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता
मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता
मंगलवारदेखि नयाँ लाइसेन्सका लागी आवेदन दिन सकिने
मंगलवारदेखि नयाँ लाइसेन्सका लागी आवेदन दिन सकिने
करन जोहरको खुलासा, काजोलको क्रस अक्षयकुमारसँग थियो
करन जोहरको खुलासा, काजोलको क्रस अक्षयकुमारसँग थियो

तपाईंले छुटाउनुभयो कि?