३३ केजी सुन प्रकरण: २६ अभियुक्तको मिसिल झिकाउन आदेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २४ भदाै ।
  • उच्च अदालत बिराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका २६ अभियुक्तको मिसिल झिकाउन आदेश गरेको छ।
  • न्यायाधीश थीरबहादुर कार्की र उमेशकुमार सिंहको इजलासले आइतबार मोरङ जिल्ला अदालतबाट मिसिल झिकाउन आदेश गरेको हो।

काठमाडाै, २४ भदाै । उच्च अदालत बिराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका २६ अभियुक्तको मिसिल झिकाउन आदेश गरेको छ। न्यायाधीश थीरबहादुर कार्की र उमेशकुमार सिंहको इजलासले आइतबार मोरङ जिल्ला अदालतबाट मिसिल झिकाउन आदेश गरेको हो। उच्चले जिल्लाबाट मिसिल आएपछिमात्र सुनवाईको पेसी तोकिने रजिष्ट्रार नारायण रेग्मीले नेपालखबरलाई बताए। उनले अनुसार अदालती प्रक्रिया भएकाले कति समय लाग्ने भन्न नसकिने बताए।

अदालतले संजय बहादुर राउत, दिवेश लोहनी, गोविन्द प्रसाद निरौला विकासराज खनाल, एल बि मगर भन्ने लाल बहादुर मगर, बालकृष्ण श्रेष्ठ, गोपाल कुमार श्रेष्ठ, भुजुङ्ग गुरुङ, प्रजित केसी र दोराम खत्रीको सुरु मिसिल झिकाउन आदेश गरेको हो । यस्तै माधव भन्ने मदन प्रसाद घिमिरे, आर के भन्ने राजेन्द्र कुमार शाक्य, तुलाराम थारु, विरेन्द्रमान श्रेष्ठ, अमर मान डंगोल, श्यामबहादुर खत्री, राजु महर्जन, बालकृष्ण सन्जेल, कपिल राज पुरी, मदन सिलवाल, रामकुमार तिवारी, फाल्दुङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङ, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की र लाक्पा शेर्पाको सुरु मिसिल झिकाउन आदेश गरेको हो। यस्तै हाजिरी जमानीमा छोडेका ठाकुरप्रसाद ढुङगाना सञ्चालक रहेको एवल टुर्स एण्ड ट्राभल्स तथा कान्तिपुर होलिडेजको समेत सुरु मिसिल झिकाउन आदेश गरेको हो।

अभियुक्तहरुले पूर्पक्षका लागि थुनामा नराखी साधारण तारेखमा रिहा गरेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दिएका हुन्। अदालती बन्दोबस्तीको महल १७ अनुसार फौजदारी अभियोगमा जुनसुकै तहको अदालतबाट हुने थुनछेक आदेशमा असहमति भए पक्ष र प्रतिपक्ष पुनरावलोकनका लागि एक तह माथिको अदालतमा निवेदन दिन पाउँने व्यवस्था कानूनमा छ । सुनसरीको झुम्का कारागारसहित मोरङ कारागार र केन्द्रीय कारागारमा बन्दी रहेका उनीहरुले फरक–फरक मितीमा निवेदन दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“धौलागिरीमा नया गन्तब्य ‘जिप लाइन’को आवश्यकता”
“धौलागिरीमा नया गन्तब्य ‘जिप लाइन’को आवश्यकता”
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदाको निधन
हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदाको निधन
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
तरुणदलका नगरसभापति जेल चलान
तरुणदलका नगरसभापति जेल चलान
एमालेका अर्का नेता राजेन्द्र गौतमको गाडि पनि एम्बुसमा पर्यो, मार्ने योजना हुनसक्ने प्रहरीको अनुमान
एमालेका अर्का नेता राजेन्द्र गौतमको गाडि पनि एम्बुसमा पर्यो, मार्ने योजना हुनसक्ने प्रहरीको अनुमान
एक वर्ष ब्रेक लिँदै आलिया
एक वर्ष ब्रेक लिँदै आलिया
सबै कम्युनिष्टलाई एक बनाउने मिसन अझै बाँकीः प्रचण्ड
सबै कम्युनिष्टलाई एक बनाउने मिसन अझै बाँकीः प्रचण्ड
सम्मानजनक रोजगारी र आम्दानी नहुँदा गाउँ रित्तियो : राष्ट्रपति
सम्मानजनक रोजगारी र आम्दानी नहुँदा गाउँ रित्तियो : राष्ट्रपति