सबै कम्युनिष्टलाई एक बनाउने मिसन अझै बाँकीः प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ११, २०७६
|
|
२५ पटक हेरिएको
Shares
सबै कम्युनिष्टलाई एक बनाउने मिसन अझै बाँकीः प्रचण्ड

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ अझै पूरा नभएको बताउनुभएको छ ।
  • तत्कालीन नयाँ शक्ति पार्टी नेपालको विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई आज नेकपा प्रवेश गराउँदै उहाँले नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने पहलको थालनी गरिएको बताउनुभयो ।
  • दुई ठूला कम्युनिष्ट पार्टीको एकताबाट नेपालका सम्पूर्ण कम्युनिष्ट र जनताले ठूलो आशा गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले गएको निर्वाचनमा जनताले ठूलो भरोसाका साथ कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाइ मत दिएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ अझै पूरा नभएको बताउनुभएको छ ।तत्कालीन नयाँ शक्ति पार्टी नेपालको विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई आज नेकपा प्रवेश गराउँदै उहाँले नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने पहलको थालनी गरिएको बताउनुभयो ।

दुई ठूला कम्युनिष्ट पार्टीको एकताबाट नेपालका सम्पूर्ण कम्युनिष्ट र जनताले ठूलो आशा गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले गएको निर्वाचनमा जनताले ठूलो भरोसाका साथ कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाइ मत दिएको बताउनुभयो ।
सम्पूर्ण कम्युनिष्टलाई एकै ठाउँमा एकताबद्ध गराउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सबै क्षेत्र, समुदायलाई एकताबद्ध गर्दै विकास र समृद्धिको नयाँ अभियानबाट समाजवादको आधार तयार गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ । समाजवाद स्थापनाका निम्ति बाँकी रहेको कम्युनिष्ट एकै ठाउँमा जोडिन आवश्यक छ ।”

अहिले कोही कसैलाई गाली गर्नेभन्दा पनि समृद्धिको यात्रामा अघि बढ्ने बेला आएको बताउँदै अध्यक्ष दाहालले हिजो कम्युनिष्टको नाममा त्याग गरेका व्यक्ति विस्तारै नेकपामा समाहित हुने विश्वास व्यक्त गर्नुभयो ।

विगतमा आफूले नेतृत्व गरेको पार्टी छाडेर गएका नेता कार्यकर्ता पुनःफर्केर आउँदा एउटा अभिभावकका रुपमा आफूलाई अत्यन्त खुशी लाग्ने गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले नवप्रवेशी नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताउनुभयो । उहाँले विगतमा कम्युनिष्ट आन्दोलनमा देखिएका बेथितिबाट पाठ सिक्दै अहिले एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने आवश्यकताका साथ अगाडि बढिएको बताउनुभयो ।

नयाँ शक्ति परित्याग गरी नेकपा प्रवेश गर्नेमा सो पार्टीको गोरखा–काठमाडौँ सम्पर्क मञ्चका संयोजक विश्वनाथ अधिकारी, केन्द्रीय परिषद् सदस्य भीम श्रेष्ठ, कृष्ण घिमिरे, महिला शक्ति नेपालको केन्द्रीय सदस्य ज्ञान्द्यरी कैनी, नयाँ शक्ति विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य ज्ञानहरि पराजुली रहनुभएको छ ।

सो अवसरमा नवप्रवेशी अधिकारीले विगतमा तत्कालीन नेकपा ९माओवादी०मा सक्रिय रहे पनि केही समयअघि नयाँ शक्तिमा समाहित भएर पुनःनेकपा फर्कंदा आफूलाई अप्ठ्यारो अनुभूति भएको बताउनुभयो । देश र जनताका पक्षमा काम गर्न भनेर आफूहरु नयाँ शक्ति पार्टीमा लागे पनि सो पार्टीले समाजवाद स्थापनाका लागि मार्ग तय गर्न नसकेकाले नेकपामा फर्किएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?