हेलिकप्टरकै भर, बर्सेनि दुर्घटना

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
हेलिकप्टरकै भर, बर्सेनि दुर्घटना

सारांश

  • गोरखा – ‘बिरामी होस् वा घाइते, मान्छे जन्मिँदा गाह्रो होस् या मरेपछि आफ्नै गाउँमा लगेर रीतिथितिअनुसार संस्कार गर्नुपरोस्, यी सबै कामका लागि हेलिकोप्टरको भर पर्नुपर्छ।
  • बर्सेनि हेलिकोप्टर दुर्घटना हुँदा पनि हामीसँग यसको विकल्प छैन।
  • ’ यो भनाइ हो तिब्बतसँग सिमाना जोडिएको गोरखाको चुमनुब्री गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङको।

गोरखा – ‘बिरामी होस् वा घाइते, मान्छे जन्मिँदा गाह्रो होस् या मरेपछि आफ्नै गाउँमा लगेर रीतिथितिअनुसार संस्कार गर्नुपरोस्, यी सबै कामका लागि हेलिकोप्टरको भर पर्नुपर्छ।

बर्सेनि हेलिकोप्टर दुर्घटना हुँदा पनि हामीसँग यसको विकल्प छैन।’ यो भनाइ हो तिब्बतसँग सिमाना जोडिएको गोरखाको चुमनुब्री गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङको। आफन्त बिरामी हुँदा, कसैको मृत्यु हुँदा वा छोटो समयमा घरगाउँ पुगेर फर्कन, खाद्यान्न र औषधि ढुवानी, यी सबैका लागि हेलिकोप्टर निर्विकल्प साधन बनेको उनले बताए। सामागाउँ, छेकम्पारलगायतका ठाउँबाट गाउँपालिका कार्यालय आउन तीन दिन लाग्छ भने तिब्बत पुग्न अढाइदेखि दुई दिन। सेवा लिन सहज नहुँदा यी गाउँका बासिन्दा हेलिकोप्टर चार्टर गर्न बाध्य छन्।

गोरखाको सामागाउँबाट उडेको अल्टिच्युड एयरको हेलिकोप्टर शनिबार दुर्घटनामा पर्दा चुमनुब्री गाउँपालिका १ का छोवाङ नोर्बुको मृत्यु भयो। उनीसँगै चालकसहित सामागाउँबाट उडेका छजनाको पनि ज्यान गयो। सोही गाउँपालिका २ की आनी डोल्मा निकी घाइते भइन्। यो पहिलो हेलिकोप्टर दुर्घटना होइन। तीन वर्ष यता हरेक वर्ष उत्तरी गोरखाबाट उडेको हेलिकोप्टर दुर्घटना परेको घटना दोहोरिइरहेका छन्।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदी अरब: महिलालाइ गाडी चलाउन दिएकाे बिराेधमा कारमा अागजनी
साउदी अरब: महिलालाइ गाडी चलाउन दिएकाे बिराेधमा कारमा अागजनी
कार्यतालिका बनाएर सदन सञ्चालन गर्ने सहमति
कार्यतालिका बनाएर सदन सञ्चालन गर्ने सहमति
सन्दीपले देखाउँदै कमाल, नेपाल विश्वकप नजिक
सन्दीपले देखाउँदै कमाल, नेपाल विश्वकप नजिक
प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन
प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन
नेकपा स्थापना दिवस: आन्तरिक एकता सुदृढ बनाइन्छ : प्रधानमन्त्री
नेकपा स्थापना दिवस: आन्तरिक एकता सुदृढ बनाइन्छ : प्रधानमन्त्री
प्रमुख निर्वाचन आयुक्तको अपीलः मौन समयमा परिवारजनलाई मतदान गर्ने तरिका सिकाउनोस्
प्रमुख निर्वाचन आयुक्तको अपीलः मौन समयमा परिवारजनलाई मतदान गर्ने तरिका सिकाउनोस्
गण्डकी प्रदेशमा ३७ सङ्क्रमित थपिए
गण्डकी प्रदेशमा ३७ सङ्क्रमित थपिए
सुनको मूल्य बढेर कति पुग्यो तोलाको ?
सुनको मूल्य बढेर कति पुग्यो तोलाको ?
वर्षभरका दुर्घटनामा १०४ को मृत्यु , ३३ हजार ८ सय ८३ सवारी कारबाहीमा
वर्षभरका दुर्घटनामा १०४ को मृत्यु , ३३ हजार ८ सय ८३ सवारी कारबाहीमा
‘फेसबुक इन्टरनेटमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)
‘फेसबुक इन्टरनेटमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?