युवतीको सिँउदोमा सर्पले सिन्दुर हालेपछि‘

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ५, २०७७
|
|
२१ पटक हेरिएको
Shares
युवतीको सिँउदोमा सर्पले सिन्दुर हालेपछि‘

सारांश

  • यो दुनियाँमा हरेक दिन अन्जानमा धेरै घटना हुने गर्छन् ।
  • जहाँ कति सत्य हुन्छन् त कति अफवाह मात्र हुन्छन् ।
  • भारतको सोनभद्र जिल्लामा एक आश्चर्य लाग्दो घटना भएको छ ।

यो दुनियाँमा हरेक दिन अन्जानमा धेरै घटना हुने गर्छन् । जहाँ कति सत्य हुन्छन् त कति अफवाह मात्र हुन्छन् । भारतको सोनभद्र जिल्लामा एक आश्चर्य लाग्दो घटना भएको छ ।

उक्त गाउँमा युवतीको सिँउदोमा सर्पले सिन्दुर हालिदिएको छ र सर्प युवतीको पति भएको छ । सरीता कुमारीले आफ्नो खेतमा घास काट्दै थिइन् । घाँस काट्ने क्रममा सर्पले युर्वितलाई टोक्यो । युवती कराउदै घरमा पुगेर सबैकुरा बताएपछि युवतीलाई झारफुक गराए । झारफुकले तत्कालको लागि दुख्न त ठिक भयो ।

अर्कोदिन फेरी युवती घास काट्न गईन् र सर्पले टोकिदियो । फेरी झारफुक गराएपछि निको भयो तर रातमा दुखाई बढ्यो । यसरी निको भएपछि अर्कोदिन बिहान खेतमा धान रोप्न गएकी थिइन् । आमाले घास र छोरीले धान रोप्दै गर्दा सर्प टाउकोमा आएर बस्यो । युवती डराएर आमालाई बोलाइन् ।

आमा आएपछि सर्प भाग्यो । आमा छोरी घरमा आएर टाउकोमा हेर्दा युवतीको सिउँदोमा सर्पले सिन्दुर हाली दिएको रहेछ । यो घटना उक्त क्षेत्रमा आगो झै फैलिदै गएको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?