साउदी अरब: महिलालाइ गाडी चलाउन दिएकाे बिराेधमा कारमा अागजनी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
साउदी अरब: महिलालाइ गाडी चलाउन दिएकाे बिराेधमा कारमा अागजनी

सारांश

  • साउदी अरबको मक्का प्रान्तमा केही मानिसहरुले एक महिलाको कारमा आगो लगाइदिएका छन् ।
  • महिलालाई ड्राइभिङको अधिकार दिनु ‘भगवानको इच्छा विरुद्धको कदम’ भन्दै ती पुरुषहरुले महिलाको कारमा आगो लगाएको बताइन्छ ।
  • यसअघि उनीहरुले पीडित महिलालाई कार चलाउन रोकेका थिए र नमाने हत्या गरिदिने धम्की पनि दिएका थिए ।

साउदी अरबको मक्का प्रान्तमा केही मानिसहरुले एक महिलाको कारमा आगो लगाइदिएका छन् ।

महिलालाई ड्राइभिङको अधिकार दिनु ‘भगवानको इच्छा विरुद्धको कदम’ भन्दै ती पुरुषहरुले महिलाको कारमा आगो लगाएको बताइन्छ । यसअघि उनीहरुले पीडित महिलालाई कार चलाउन रोकेका थिए र नमाने हत्या गरिदिने धम्की पनि दिएका थिए । साउदीमा गत जून २४ मा ऐतिहासिक निर्णय अनुसार महिलालाई ड्राइभिङको अधिकार दिइएको थियो ।

मक्कामा बस्ने सलमा–अल–शारीले स्थानीय समाचार पत्र ओक्जोलाई गत महिना प्रतिबन्ध हटेपछि उनले कार चलाउन सुरु गरेको जानकारी दिइन् । उनका अनुसार आफूले कार चलाउन पाएपछि उनी आफ्ना वृद्ध आमाबुवालाई घुमाउन लैजाने, कतै पुराइदिने र लिन जाने गर्न थालिन् ।उप–राज्यपालले सलमालाई दिए दोस्रो कारः

सुत्रका अनुसार मक्काका उप–राज्यपालले अनुसन्धान पूरा नहुञ्जेल दोस्रो गाडी उपलब्ध गराएका छन् । यता पुलिसले महिलालाई ड्राइभिङको अधिकार दिएकोमा धेरै पुरुषहरुले समर्थन गरिरहेको बताएका छन् ।

यद्यपी, कतिलाई यो परिवर्तन ठिक लागेन । यो मामलामा दुईजनालाइै पक्राउ गरिएको छ  ।

(एजन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?