ओली-दाहालबीच तीन घण्टा वार्ता, सरकार ढाल्ने षड्यन्त्र परास्त गर्ने !

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
३२ पटक हेरिएको
Shares
ओली-दाहालबीच तीन घण्टा वार्ता, सरकार ढाल्ने षड्यन्त्र परास्त गर्ने !

सारांश

  • काठमाडौं, ५ फागुन ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
  • सोमबार विहानै प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहाललाई बालुवाटार बोलाएर गम्भिर छलफल गरेको स्रोतको दाबी छ ।

काठमाडौं, ५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । सोमबार विहानै प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहाललाई बालुवाटार बोलाएर गम्भिर छलफल गरेको स्रोतको दाबी छ । हिजोमात्रै गृहजिल्ला पुगेर प्रधानमन्त्री ओलीले वर्तमान सरकार ढाल्ने षड्यन्त्र भएको बताएका थिए । उनले सरकार ढाल्ने षड्यन्त्र भैरहेको बताएकै भोलिपल्ट आज अर्का अध्यक्ष दाहालसँग बालुवाटारमा तीन घण्टा लामो छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विकासको रफ्तार रोक्न एकल बहुमतवाला सरकारलाई पनि ढाल्ने षड्यन्त्र भएको भनेर झापामा बोलेको थिए । तर, उनको सरकार कसले ढाल्न खोजेको हो ? भनेर उनले केही पनि खुलाएका थिएनन् । उनले भनेका थिए,‘वर्तमान सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रले षड्यन्त्र गरिरहेका छन् । मुलुकको विकासको रफ्तारलाई रोक्न सरकार ढाल्ने क्रियाकलापजारी रहेको छ ।’

आज भएको अध्यक्षद्धयबीचको छलफलमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहाललाई बालुवाटारमा निरन्तर डाकिरहेका छन् । उनीहरुबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी हुने गरेको छ ।
नेकपा नेतृत्वको वर्तमान सरकार ढाल्न खोज्ने षड्यन्त्रलाई परास्त गर्ने उनीहरुको निश्कर्ष रहेको पनि स्रोतको दाबी छ ।

अध्यक्ष दाहालले ५ वर्षकै लागि केपी ओली प्रधानमन्त्री भएको कुरा पटक पटक दोहोर्याउँदै आएका छन् । हिजोमात्रे पनि प्रदेश नम्बर ५ को पार्टी भेलालाई सम्बोधन गर्दै उनले आफूलाई प्रधानमन्त्री हुने कुनै रहर नभएको स्पष्ट पारेका थिए । पछिल्लो समय अध्यक्ष दाहालले मुलुकमा स्थायित्व हाँसिल भएको भन्दै अब सरकारले जनतालाई राहत महशुस हुनेगरि विकास र समृद्धि दिनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी एकता हुन्छ, ६ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुँ : मन्त्री शाही
पार्टी एकता हुन्छ, ६ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुँ : मन्त्री शाही
अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम
अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम
प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट
प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं : शंकर पोखरेल
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं : शंकर पोखरेल
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५३ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५३ जनाको मृत्यु
चुनाव अवलाेकनका लागि प्रमुख निर्वाचन आयुक्त मधेस झरे
चुनाव अवलाेकनका लागि प्रमुख निर्वाचन आयुक्त मधेस झरे
उदाउँदो सूर्यलाई अर्घ  दिन आज पनि सरकारले सार्वजनिक विदा,
उदाउँदो सूर्यलाई अर्घ दिन आज पनि सरकारले सार्वजनिक विदा,
प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन
प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन
झिनो अङ्कले घट्यो नेप्से
झिनो अङ्कले घट्यो नेप्से
नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ

तपाईंले छुटाउनुभयो कि?