खानेपानीको समस्या सुल्झाउन देशैभरि मन्त्रालयले सुरु गर्दैछ नयाँ योजना
सारांश
- काठमाडौं, २६ भदौ ।
- खानेपानी मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने घरपरिवार र समुदायको पहिचान गरी विवरण संकलन अभियान थालेको छ ।
- खानेपानी मन्त्री बिना मगरको विशेष सक्रियतामा यो अभियान सुरु गरिएको हो ।
काठमाडौं, २६ भदौ । खानेपानी मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने घरपरिवार र समुदायको पहिचान गरी विवरण संकलन अभियान थालेको छ ।
खानेपानी मन्त्री बिना मगरको विशेष सक्रियतामा यो अभियान सुरु गरिएको हो ।
मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने समुदाय तथा क्षेत्रहरुको विवरण संकलन गरी त्यसको आधारमा नयाँ योजनाहरु बनाउने तयारी गरेको छ । खानेपानी मन्त्री बिना मगरले यो विवरण संकलन गर्नुको उद्देश्य खानेपानीको समस्या भोगिरहेका जनतालाई पानीको सुविधा पु¥याउनु रहेको बताइन् । उनले भनिन्, “कस्ता कस्ता ठाउँहरुमा खानेपानीको समस्या रहेछ ? त्यो कुरा थाहा पाउनु पर्ने अत्यन्तै जरुरी छ । खानेपानी लिन विशेष गरी गृहिणी महिलाहरु घण्टौंसम्म हिड्नुपर्ने बाध्यतालाई सुल्झाउन मन्त्रालयले यस्तो कदम चालेको हो । यसको आधारमा हामी नयाँ योजनाहरु बनाउँछौं ।”
एक हप्ताभित्र विवरण पठाउन मन्त्रालयले देशैभरिका घरपरिवार, सामाजिक संघसंस्था र स्थानीय तहहरुलाई अनुरोध गरेको छ । खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने समुदायका लागि सम्पर्क गर्न मन्त्रालयले टोल फ्रि नम्बरको समेत व्यवस्था गरेको छ । जसका लागि १६६००१४२१११ नम्बरमा निःशुल्क फोन गर्न सकिने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया