फागुनभित्रै देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पनि पाउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
३९ पटक हेरिएको
Shares
फागुनभित्रै देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पनि पाउने

सारांश

  • काठमाडाँं, ३ फागुन ।
  • देशले यही फागुन महिनाभित्रै नयाँ राष्ट्रपति र उपराष्ट्रपति पनि पाउने भएको छ ।
  • राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ ।

काठमाडाँं, ३ फागुन । देशले यही फागुन महिनाभित्रै नयाँ राष्ट्रपति र उपराष्ट्रपति पनि पाउने भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज छलफल गरेको थियो । छलफलमा राष्ट्रपतिको निर्वाचन फागुन २१ गते गर्ने आयोगको प्रस्तावमा सहमति भएको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले विभिन्न सरोकारवालासँग छलफल गरेर फागुन महिनाभित्रै निर्वाचन सम्पन्न गर्नेगरी आयोगले मिति घोषणा गर्ने जानकारी दिए । आयोगका तर्फबाट यही फागुन महिनाको अन्त्यसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने कार्यतालिकासहितको प्रस्तावलाई दलहरूले समर्थन गरेका थिए ।

राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डल रहने र संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ रहने प्रवक्ता ढकालले जानकारी दिए । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?