पुरा हुन सकेन साफ च्याम्पियनसिपको उपाधि र एसिया कपकाे सपना !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
पुरा हुन सकेन साफ च्याम्पियनसिपको उपाधि र एसिया कपकाे सपना !

सारांश

  • काठमाडौँ, २८ भदौ ।
  • यसपालि नेपाली राष्ट्रिय क्रिकेट टोलि र फूटबल टोलिबाट नेपाली समर्थकले निकै आशा राखेका थिए ।
  • क्रिकेटमा एसिया कप खेल्ने सपना पुरा नभएपछि नेपालीले फुटबलबाट भने साफ च्याम्पियनसिपको उपाधि भित्रिनेमा आशावादी थिए ।

काठमाडौँ, २८ भदौ । यसपालि नेपाली राष्ट्रिय क्रिकेट टोलि र फूटबल टोलिबाट नेपाली समर्थकले निकै आशा राखेका थिए । क्रिकेटमा एसिया कप खेल्ने सपना पुरा नभएपछि नेपालीले फुटबलबाट भने साफ च्याम्पियनसिपको उपाधि भित्रिनेमा आशावादी थिए । तर पाँच वर्ष पछि सेमिफाइनल पुगेको नेपाल बुधबार भएको खेलमा मालदिव्ससँग पराजित भएपछि नेपालीको आशा निराशामा परिणत भएको हो ।


समूह चरणमा तीन मध्ये दुई खेलमा जित हात पारेको नेपाली टोलि लयमा देखिएको थियो । तर सेमिफाइनलमा माल्दिव्ससँग ३–० को फराकिलो गोल अन्तरले पराजय व्यहोरेपछि नेपालको उपाधि जित्ने सपना र यो वर्षको साफ च्याम्पियनसिपको यात्रा यहीँ टुङ्गीएको हो । यो नेपालको माल्दिव्ससँग साफ च्याम्पियनसिपमा लगातार पाँचौ हार हो । बंगलादेशमा जारी बाह्रौँ साफ च्याम्पियनसिपमा अब नेपालले तेस्रो स्थानका लागि पाकिस्तानसँग खेल्नेछ ।


नेपालीले सबैभन्दा बढी आशा गर्ने खेल क्रिकेटबाट पनि यो पटक निराशा मात्र पाए । एसियाकप छनोट खेलका लागि मलेसिया गएको नेपाली टोलिले खासै राम्रो प्रदर्शन गर्न सकेन । मानसिक रुपमा एकदिवसीय मान्यता पाएको टोलि नेपाल निकै बलियो देखिएको थियो । तर प्रतियोगिताका लागि जति तयारी चाहिन्थ्यो त्यति पुगेन सायद । प्रतियोगिताको विजेताले यसै महिना हुने एसिया कपमा भाग लिन पाउने थियो । उपाधिको दावेदार बनेर प्रतियोगितामा भाग लिएको नेपालले सोचे जस्तो खेल खेल्न सकेन । प्रतियोगिताका सबैभन्दा कमजोर टोलि मलेसिया र सिंगापुरलाई हराउनु बाहेक नेपालले अरुसँगको खेलको नतिजा आफ्नो पोल्टामा पार्न सकेन । अन्ततः अङ्कतालिकाको चौँथो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य ग¥यो ।


फुटबल र क्रिकेटका यी प्रतियोगिता आफैमा महत्वपूर्ण थिए । अहिले सम्म साफ च्यम्पियनसिपको फाइनल नपुगेको नेपालका लागि उपाधि जित्दै इतिहास रच्ने सुनौलो अवसर थियो । भने उता एसिया कपको लागि छनोट भएको भए नेपालले क्रिकेटका शक्ति राष्ट्र भारत र पाकिस्तानसँग खेल्ने मौका पाउँथ्यो । अब यो सबैको कुनै महत्व छैन । नेपालले दुवै मौका गुमाइसकेको छ ।
फुटबल र क्रिकेट दुवैमा असफल हुनुका कारण पनि छन् । यतिबेला दुवै टोलिमा एक अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षकको आवश्कता रहेको । फुटबल र क्रिकेट दुवैमा उमेर समूहका प्रशिक्षक मुख्य प्रशिक्षक बनेर आएका छन् । फुटबल बालगोपाल महर्जन र क्रिकेटका जगत टमाटा दुवै १९ वर्ष मुनीको टोलिका प्रशिक्षकका रुपमा काम गर्दागर्दै राष्ट्रिय टोलिमा आएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?