आज प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
सारांश
- आज शुक्रबार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
- सरकार गठन भएको दुई वर्ष पुगेको अवसर प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्न लागेका हुन् ।
- प्रधानमन्त्री ओलीले संसदमा सरकारको दुई वर्षे कार्यअवधिबारे समीक्षात्मक सम्बोधन गर्नेछन् ।
आज शुक्रबार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सरकार गठन भएको दुई वर्ष पुगेको अवसर प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले संसदमा सरकारको दुई वर्षे कार्यअवधिबारे समीक्षात्मक सम्बोधन गर्नेछन् । २०४८ को निर्वाचन पछाडि गिरिजाप्रसाद कोइराला बाहेक अन्यले दुई वर्षे सरकार चलाउन पाएका थिएनन् ।
२०७४ को निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रष्ट बहुमत पाएपछि ओली नेतृत्वको सरकारले दुई वर्षे अवधि पुरा गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया