नक्कली कागजात बनाउने तीन पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
४३ पटक हेरिएको
Shares
नक्कली कागजात बनाउने तीन पक्राउ

सारांश

  • नक्कली सरकारी कागजात बनाउने तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ ।
  • प्रहरीले सुरक्षा निकायका सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्रलगायत सामग्री गैह्रकानूनीरुपमा बनाएको आरोपमा ओखलढुङ्गा ३४ वर्षीय सविनकुमार तोलाङ्गी, चितवनका ३४ वर्षीय अमृत सुर्खेती र धादिङका २६ वर्षीय मधुसुदन दवाडीलाई पक्राउ गरेको हो ।
  • ब्यूरोले आज पत्रकार सम्मेलन गरी गैरकानूनीरूपमा नक्कली कागजात बनाई सर्वसाधारणबाट ठूलो रकम असुल गर्नेलाई पक्राउ गरेको जानकारी दिएको हो ।

नक्कली सरकारी कागजात बनाउने तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ ।
प्रहरीले सुरक्षा निकायका सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्रलगायत सामग्री गैह्रकानूनीरुपमा बनाएको आरोपमा ओखलढुङ्गा ३४ वर्षीय सविनकुमार तोलाङ्गी, चितवनका ३४ वर्षीय अमृत सुर्खेती र धादिङका २६ वर्षीय मधुसुदन दवाडीलाई पक्राउ गरेको हो ।
ब्यूरोले आज पत्रकार सम्मेलन गरी गैरकानूनीरूपमा नक्कली कागजात बनाई सर्वसाधारणबाट ठूलो रकम असुल गर्नेलाई पक्राउ गरेको जानकारी दिएको हो । ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले तोलाङ्गीले श्रेष्ठ फोटोे स्टुडियो गोँगबु, सुर्खेतीले स्टार डिजिटल फोटो स्टुडियो सिनामङ्गल र दवाडीले दुवाडी डिजिटल फोटो स्टुडियो महाराजगञ्जबाट सरकारी नक्कली कागजात बनाएको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो ।
अपराध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखतसम्बन्धी कसुरअन्तर्गत दफा २७६ विपरीत कसुर भएकाले २७६ (३) को ग बमोजिम सात वर्ष कैद र ७० हजार जरिवना हुने कानूनी प्रावधान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजकाे राशिफल
आजकाे राशिफल
ओलीबिनै प्रचण्डले सुरु गरे स्थायी कमिटी बैठक
ओलीबिनै प्रचण्डले सुरु गरे स्थायी कमिटी बैठक
वरिष्ठ नेता खनालले राजपालाई लगाएको आरोप यस्तो छ ।
वरिष्ठ नेता खनालले राजपालाई लगाएको आरोप यस्तो छ ।
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन  मतपत्र च्यात्नेको थप सम्मान !
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन मतपत्र च्यात्नेको थप सम्मान !
आज सोनाम ल्होसार पर्व, देशभर सार्वजनिक विदा
आज सोनाम ल्होसार पर्व, देशभर सार्वजनिक विदा
विवाह पञ्चमी : जनकपुरधाममा आज राम-जानकी विवाहको विशेष उत्सव
विवाह पञ्चमी : जनकपुरधाममा आज राम-जानकी विवाहको विशेष उत्सव
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग-यो: एमाले उपाध्यक्ष ज्ञवाली
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग-यो: एमाले उपाध्यक्ष ज्ञवाली
नेपाल–चीन सम्बन्धलाई सुदृढ तुल्याउन सौहार्दपूर्ण छलफल : उपाध्यक्ष सापकोटा
नेपाल–चीन सम्बन्धलाई सुदृढ तुल्याउन सौहार्दपूर्ण छलफल : उपाध्यक्ष सापकोटा
“जनयुद्ध समापन भयो, संविधान बन्यो, अब कार्यान्वयन”-सुवासचन्द्र नेम्वाङ
“जनयुद्ध समापन भयो, संविधान बन्यो, अब कार्यान्वयन”-सुवासचन्द्र नेम्वाङ
एमालेको घोषणापत्र जारी भएको दिन नेपाल बजारमा उछाल
एमालेको घोषणापत्र जारी भएको दिन नेपाल बजारमा उछाल