जनकपुरलाई प्रदेशको राजधानी तोकिएपछि बीरगञ्जमा बन्द आव्हान
सारांश
- काठमाडौं, ४ माघ ।
- मन्त्रिपरिषदको बुधवारको बैठकले २ नम्बर प्रदेशको राजधानी जनकपुर तोकेपछि वीरगञ्जवासी आक्रोशित भएका छन् ।
- उनीहरुले वीरगञ्जलाई २ नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने मागसहित विरोध प्रदर्शनमा उत्रिएका छन् ।
काठमाडौं, ४ माघ । मन्त्रिपरिषदको बुधवारको बैठकले २ नम्बर प्रदेशको राजधानी जनकपुर तोकेपछि वीरगञ्जवासी आक्रोशित भएका छन् । उनीहरुले वीरगञ्जलाई २ नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने मागसहित विरोध प्रदर्शनमा उत्रिएका छन् ।
स्थानीय, नेता कार्यकता तथा अगुवाहरुले वीरगन्ज बन्दको आव्हान गरेका छन् । बजारका चोक–चोकमा जम्मा भएर उनीहरुले २ नम्बर प्रदेशको राजधानी वीरगन्ज बनाउनुपर्ने माग गरेका छन् । आन्दोलनकारीले एउटा निजी कारमा क्षति पुराएका छन् ।
बन्दका कारण वीरगन्ज क्षेत्रको जनजिवन प्रभावित भएको छ । उक्त क्षेत्र भएर गुड्ने यातायातका साधन प्रभावित भएका छन् । सरकारले वीरगन्जलाई उपेक्षा गरेको भन्दै राजधानीको विषयमा पुनर्विचार गर्न सरकारसँग माग गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया