साफ महिला च्याम्पियनसीप: नेपाल समूह ‘ए’मा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
साफ महिला च्याम्पियनसीप: नेपाल समूह ‘ए’मा

सारांश

  • काठमाडौँ, २९ भदौ ।
  • आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ ।
  • बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा परेका हुन् ।

काठमाडौँ, २९ भदौ ।आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ ।बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा परेका हुन् ।समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । भारतमा भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै घर फर्केको थियो । त्यसअघिका संस्करणमा भने नेपाल अन्तिम चरणमा आएर भारतसँग पराजित हुँदै आएको थियो ।प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने अझै लागेको छैन । यसपटक हुने प्रतियोगिताको पाँचौ संस्करण हो ।

नेपाल र भारतबीचको खेल शुरु

भारतको लखनउमा जारी एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत नेपालको यू–१९ र भारतको यू–१९ ‘ए’ बीच खेल शुरु भएको छ । लखनउमा शुरु भएको खेलमा टस जितेर नेपालले पहिलो ब्याटिङ रोजेको छ ।पहिलो खेलमा भारतको यू–१९ ‘बी’ टोलीसँग ४० रनले पराजित भएको नेपाली टोलीले आज दोस्रो खेल खेल्न लागेको हो ।

विनोद दासको प्रशिक्षणमा रहेको टोलीमा कप्तान मोहमद आसिफ शेख, ट्रिटराज दास, रवि शाह, लोकेश बम, रित गौतम, रसिद खान, भीम सार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, पवन सराफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम छन् । नेपाली टोली सोमबार त्यसतर्फ गएको हो ।भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ)को अयोजनामा जारी सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका एक÷एक यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?