परिवारका सबै चारजना अपाङ्ग, रेखाले उठाइन् यस्तो कदम

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
४९ पटक हेरिएको
Shares
परिवारका सबै चारजना अपाङ्ग, रेखाले उठाइन् यस्तो कदम

सारांश

  • काठमाडौं, २९ पुस ।
  • गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं.
  • ३ याङ्डीका दलबहादुर भुजेलका सबै परिवार अपाङ्ग छन् ।

काठमाडौं, २९ पुस । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ३ याङ्डीका दलबहादुर भुजेलका सबै परिवार अपाङ्ग छन् । ९० बर्षीय दलबहादुर भुजेल, उनका छोराहरु ४३ बर्षीय राम भुजेल र ४० वर्षीय छोरा चंखबहादुर भुजेल तथा ३५ वर्षीया छोरी देवीमाया भुजेल पनि अपाङ्ग नै भएपछि सिङ्गो परिवार सहाराविहीन बनेको छ ।

जन्मजातै सहाराविहीन यो परिवारमा आम्दानीको कुनै स्रोत छैन । विनाशकारी भूकम्पले घर भत्किएपछि उनीहरु यतिबेला चुहिने टहरामा जीवन बिताउन बाध्य छन् । सरकारी निकाय र संघसंस्थाबाट सहयोगको आशामा बसेको अपाङ्ग परिवार घिर्सिएर जिउन बाध्य छन् । तर कहिँकतैबाट सहयोग भने उनलाई प्राप्त हुन सकेको छैन ।

जन्मजात नै सबै अपाङ्ग रहेको यस परिवारमा बाबु, दुई छोरा र एक छोरी बस्दै आइरहेका छन् । दुई छाक टार्नको लागि परिवारलाइ हम्मेहम्मे परेको छ । खान लाउन समस्या त छँदैछ, गएको बिनाशकारी भुकम्पले सिर छोप्ने जेनतेन धानेको सानो घरसम्म भत्किने अबस्थामा रहेपछि बस्नको लागि पनि एक्दमै गाह्रो भएकाले कष्टकर जीवन बिताउन बाध्य छन् ।

सरकारी निकायबाट सहयोगको आश्वासन मात्र पाएको यस परिवारलाई सहयोगका लागि गोरखा नगरपालिका– ११ एघार किलो बजारमा श्रेयान क्लिनर केमिकल हाउसकी सञ्चालिका रेखा तामाङ जुटेकी छन् । “तपाई हामी मिलेर यो परिवारलाई केही हदसम्म सहयोग पक्कै गर्न सक्छौँ”, रेखा भन्छिन्, “सहयोगी मन भएकाहरुलाई हातेमालो गर्न आग्रह गरेकी छु । राम्रो सहयोग पनि प्राप्त भइसकेको छ ।” रेखाले अपाङ्ग भुजेल परिवारका लागि हालसम्म विभिन्न व्यक्ति तथा संघसंस्थाबाट ३ लाखको हाराहारीमा सहयोग जुटिसकेको शिखरन्युजलाई बताइन् । अपाङ्गमैत्री घर बनाइदिने लक्ष्य रहेको तामाङ बताउँछिन् । रेखाको यो अभियानमा जोडिएर सहाराविहीन यो भुजेल परिवारलाई टेको लगाउने कि ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपराष्ट्रपतिमा नन्दबहादुर पुन “पासाङ” निर्विरोध
उपराष्ट्रपतिमा नन्दबहादुर पुन “पासाङ” निर्विरोध
Casino Free Spins Bonus Code
क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि
मासु काटमार गर्ने र किन्नेलाई ५० हजार जरिवाना, सुराकीलाई १५ हजार इनाम
मासु काटमार गर्ने र किन्नेलाई ५० हजार जरिवाना, सुराकीलाई १५ हजार इनाम
भारतसँगको सहकार्य कार्यान्वयनका लागि संयन्त्र सक्रियः अध्यक्ष प्रचण्ड
भारतसँगको सहकार्य कार्यान्वयनका लागि संयन्त्र सक्रियः अध्यक्ष प्रचण्ड
हिजोसम्म मलाई नै मन्त्री बनाउँछु भन्नुभयो तर, आज आएर धोका दिनुभयो: राजेन्द्र श्रेष्ठ
हिजोसम्म मलाई नै मन्त्री बनाउँछु भन्नुभयो तर, आज आएर धोका दिनुभयो: राजेन्द्र श्रेष्ठ
रसियन युवतीलाइ महिला सांसदको सुझाव: विदेशी पुरुषसँग यौन सम्बन्ध नगर्नु
रसियन युवतीलाइ महिला सांसदको सुझाव: विदेशी पुरुषसँग यौन सम्बन्ध नगर्नु
पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण
पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
राेचक समाचार : पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि…
राेचक समाचार : पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि…