अपाङ्गता भएको बच्चा नजन्माउन गर्भवस्थामा ध्यान दिनुपर्ने कुराहरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
४० पटक हेरिएको
Shares
अपाङ्गता भएको बच्चा नजन्माउन गर्भवस्थामा ध्यान दिनुपर्ने कुराहरु

सारांश

  • आमा बन्ने कुरा सबै महिलाको लागि जीवनको ठूलो खुसी हो ।
  • सबै महिलाहरुलाई आफ्नो गर्भमा हुर्किरहेको बच्चा स्वस्थ र तन्दुरुस्त जन्मियोस् भन्ने चाहना हुन्छ ।
  • र यसको कामना पनि गर्छन् ।

आमा बन्ने कुरा सबै महिलाको लागि जीवनको ठूलो खुसी हो । सबै महिलाहरुलाई आफ्नो गर्भमा हुर्किरहेको बच्चा स्वस्थ र तन्दुरुस्त जन्मियोस् भन्ने चाहना हुन्छ । र यसको कामना पनि गर्छन् । चाहना हुँदाहुँदै पनि कहिले केही जटिलताको कारण जन्मैदेखि नै बच्चामा समस्याहरु देखा पर्छ । गर्भावस्थाको क्रममा आमाबाट हुने सानो भन्दा सानो गल्तीहरुले पनि बच्चाको शारीरीक बनावटदेखि हरेक कुरामा असर पर्ने हुन्छ । फलस्वरुप बच्चा अपाङ्ग हुने चिकित्सकहरुले जनाएका छन् ।

गर्भावस्थामा गर्भवती महिलाले पर्याप्त पौष्टिक आहार सेवन गर्नुपर्छ । आमाले आफूलाई मात्र नभएर गर्भमा हुर्किरहेको शिशुलाई सम्म हुने क्याल्सियम र भिटामिन डि भएको आहार खानुपर्छ । यसको कमीको कारण पनि शिशुको वृद्धि विकासमा कमीहरु देखिन्छ ।

गर्भावस्थाको क्रममा हुने महिलाहरुको शारीरीक परिर्वतनसँगै हार्मोनल परिवर्तनले समय–समयमा केही विशेष खान मन लाग्ने हुन्छ । विशेषज्ञहरुको अनुसार गर्भावस्थामा खान मन लाग्ने अमिलोपिरो, चटपटे, मिठो आदिले आमालाई सन्तुष्टि दिएपनि बच्चालाई भने नकारात्मक प्रभाव पर्छ । बाहिर बजारमा पाइने आधुनिक खाना बर्गर, स्ट्रिट फुड आदि सेवन गर्नुहुँदैन । बच्चाको लागि आमाले जिब्रोलाई केही नियन्त्रणमा राख्नुपर्छ ।

गर्भधारण गर्न चाहाने महिलाले ३ महिना पहिलेदेखि नै गर्भावस्थाको तयारी शुरु गर्नुपर्छ । तीन महिना पहिले महिलाले थाइराइड, सिस्ट आदि सबै आवश्यक परिक्षण गराउनुको साथै फोलिक एसिडको सेवन गर्नुपर्छ । यसको सेवनले आमा र बच्चा दुवैलाई रगतको कमी हुँदैन ।

गर्भवती महिलासधैं भाइरल इन्फेक्सन भएका मानिसहरुबाट टाढा नै बस्नुपर्छ । भिडभाड र सार्वजनिक स्थानमा हुने कैयौं खालको संक्रमणले गर्भमा रहेको शिशुलाई असर गर्छ । यसै कारण चिकित्सकहरुले महिलाहरुलाई भिडभाड भएको ठाँउमा नजान सल्लाह दिन्छन् ।

गर्भावस्थाको क्रममा धेरै होहल्ला भएको ठाउँमा बस्दा बच्चाको सुन्ने शक्तिमा कमी आउन सक्छ । बच्चाको श्रवणशक्ति मात्र नभएर बोल्ने क्षमतामा पनि असर पर्ने एक अध्ययनले जनाएको छ । बच्चाले जबसम्म केही सुन्दैनन् उनीहरुको उच्चारण गर्ने क्षमता विकसित हुँदैन । त्यसकारण गर्भवती महिलाले शान्त वातावरणमा रमाउनुपर्छ ।

गर्भवती महिलाहरुले स्वस्थ जीवनशैली अपनाउनु पर्छ । मदिरा पिउने लतले गर्भ तुहिन सक्छ वा भ्रुणको विकास रोकिन सक्छ । मदिरा र धुम्रपानबाट बच्चालाई नकारात्मक प्रभाव पर्छ । धुम्रपानको कारणले बच्चाको तौलमा कमी हुने, समयभन्दा पहिला बच्चा जन्मिने जस्ता अन्या समस्याहरु देखापर्छ ।

गर्भावस्थामा जुस पिउनु फाइदाजनक हुनेहुँदा फ्रेस जुस सेवन गर्नुपर्छ । कोल्ड ड्रिंक र प्याकेज्ड जुसले गर्भको बच्चालाई असर गर्छ । प्याकेज्ड जुसमा हुनसक्ने ब्याक्टेरिया र कोल्ड ड्रिंकमा पाइने उच्च मात्राको प्रिजर्भेटिभ्सले बच्चालाई अपाङ्ग गराउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपेन्द्र यादवलाई लिएर दुई तिहाई बनाउने ओलीको तयारी
उपेन्द्र यादवलाई लिएर दुई तिहाई बनाउने ओलीको तयारी
एसियाड क्रिकेटमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा
एसियाड क्रिकेटमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा
भतरपुर -१९ मा कांग्रेस विजयी, २२१ ले रेणु पछाडी
भतरपुर -१९ मा कांग्रेस विजयी, २२१ ले रेणु पछाडी
पक्राउ परे दुर्गा प्रसाईं
पक्राउ परे दुर्गा प्रसाईं
कोरोना अपडेटः आज २५ जना थपिएसँगै कुल संक्रमितको संख्या ४२७
कोरोना अपडेटः आज २५ जना थपिएसँगै कुल संक्रमितको संख्या ४२७
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले दियो रोजगारी
प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले दियो रोजगारी
प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितताको आशंका, छानविन शुरु
प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितताको आशंका, छानविन शुरु
विश्वका यस्ता स्थान जहाँ त्यहाँ बसिरहेका बाहेक अरुलाई जान प्रतिबन्ध
लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या
लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या