नेपालकाे १०० रन पुरा, लक्ष्य टाढा विकेट कम !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२२ पटक हेरिएको
Shares
नेपालकाे १०० रन पुरा, लक्ष्य टाढा विकेट कम !

सारांश

  • काठमाडाैँ, २ असाेज ।
  • भारतमा जारी १९ वर्ष मुनीकाे चाैकाेणात्मक एकदिवसीय शृङ्खलामा अफगानिस्तान विरुद्ध २ सय ४५ रनकाे लक्ष्य पछ्याइरहेकाे नेपालले अाफ्नाे पहिलाे १०० रन पुरा गरेकाे छ ।
  • तेस्राे स्थानका लागि अफगानिस्तानसँग खेलिरहेकाे नेपालले २७ अाैँ अाेभरमा ५ विकेट गुमाउँदै पहिलाे १०० रन पुरा गरेकाे हाे ।

काठमाडाैँ, २ असाेज । भारतमा जारी १९ वर्ष मुनीकाे चाैकाेणात्मक एकदिवसीय शृङ्खलामा अफगानिस्तान विरुद्ध २ सय ४५ रनकाे लक्ष्य पछ्याइरहेकाे नेपालले अाफ्नाे पहिलाे १०० रन पुरा गरेकाे छ । तेस्राे स्थानका लागि अफगानिस्तानसँग खेलिरहेकाे नेपालले २७ अाैँ अाेभरमा ५ विकेट गुमाउँदै पहिलाे १०० रन पुरा गरेकाे हाे । नेपाललाई जितका लागि अब १ सय ४५ रन चाहिएकाे छ भने ५ विकेट हातमा छ ।

कुनै पनि खेलाडीले टिकेर खेल्न नसक्दा नेपालले मुख्य खेलाडी सस्तैमा गुमाएकाे थियाे । नेपालका लागि कप्तान अासिफ शेखले २५ अरुन एेरीले २४ रन बनाए भने सन्दिप जाेराले १८ र भिम शार्किले १६ रन बनाएर अाउट भएका थिए ।

पहिले ब्याटिङ् गरिरहेकाे अफगानिस्तानले ८ विकेटकाे क्षतिमा २ सय ४४ रन बनाएपछि नेपालले २ सय ४५ रनकाे लक्ष्य पाएकाे थियाे । नेपालका लागि पवन सर्राफ, सागर ढकाल र संसद अालमले समान २\२ विकेट र रसिद खानले एक विकेट लिएका थिए ।

त्यस्तै उपाधिका लागि भारत यु१९ ए र बि बिच भैरहेकाे खेलमा भारत यु १९ ए ले १ सय ४२ रनकाे लक्ष्य पछ्याइरहेकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?