विदेशको कमाइले स्वदेशको विद्यालयलाई सहयोग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
विदेशको कमाइले स्वदेशको विद्यालयलाई सहयोग

सारांश

  • पोखरा, २५ वैशाख, जन्मभूमि त्यागेर विदेशलाई कर्मथलो बनाउँदै आउनुभएका एक युवकले यहाँको सामुदायिक विद्यालयलाई रु छ लाख सहयोग गर्नुभएको छ ।
  • पोखरा लेखनाथ महानगरपालिका वडा नं १ स्थायी घर भई हाल बेलायतमा बस्दै आउनुभएका सूर्य गुरुङले माछापुच्छ«्रे गाउँपालिका भिडाबारीमा सञ्चालित बराह माध्यमिक विद्यालयको शैक्षिक गुणस्तरका लागि सो रकम उपलब्ध गराउनुभएको हो ।
  • विद्यालयमा आज आयोजित एक कार्यक्रमा दाता सूर्य गुरुङकी आमा कुमारी गुरुङ, बहिनी लक्ष्मी गुरुङ, दाजु तेजबहादुर गुरुङ र भाउजू बेनीकुमारी गुरुङले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक नरबहादुर गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

पोखरा, २५ वैशाख, जन्मभूमि त्यागेर विदेशलाई कर्मथलो बनाउँदै आउनुभएका एक युवकले यहाँको सामुदायिक विद्यालयलाई रु छ लाख सहयोग गर्नुभएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १ स्थायी घर भई हाल बेलायतमा बस्दै आउनुभएका सूर्य गुरुङले माछापुच्छ«्रे गाउँपालिका भिडाबारीमा सञ्चालित बराह माध्यमिक विद्यालयको शैक्षिक गुणस्तरका लागि सो रकम उपलब्ध गराउनुभएको हो ।

विद्यालयमा आज आयोजित एक कार्यक्रमा दाता सूर्य गुरुङकी आमा कुमारी गुरुङ, बहिनी लक्ष्मी गुरुङ, दाजु तेजबहादुर गुरुङ र भाउजू बेनीकुमारी गुरुङले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक नरबहादुर गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

सिटिइभिटीबाट स्वीकृत प्राप्त कृषितर्फको सम्पूर्ण अध्ययन अध्यापन भइरहेको सो विद्यालयमा शिशु तहदेखि कक्षा १२ सम्म हाल ३७० विद्यार्थी अध्ययरत रहेको प्रअ गुरुङले जानकारी दिनुभयो ।

यसअघि उहाँले गोरखा जिल्लामा भूकम्पबाट क्षति पुगेको जनजागृति मावि, कास्की धलेलस्थित बमबहादुर घले आधारभूत विद्यालय, पोखरा १६ स्थित अर्मलाको अन्नपूर्ण माध्यमिक विद्यालय निर्माण र पुस्तकालय स्तरोन्नतिका साथै पोखरा रंगशालाको पर्खाल निर्माणका लागिसमेत बेलायतबाट रु ५० लाख संकलन गरेर सहयोग उपलब्ध गराउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?