पर्दामा संस्कारी देखिने यी कुसंस्कारी कलाकार !
सारांश
- नशा गर्नु स्वास्थ्यको हिसाबले नराम्रो भएता पनि मानिसहरु नशा प्रति आकर्षित हुने गर्छन्।
- अझ अहिले धूम्रपानलाई फेसनको रुपमा हेर्न थालिएको छ।
- मदिरा सेवन गर्नु र धूम्रपान गर्नु स्वास्थ्यको लागि राम्रो नहुने भएता पनि मानिसहरु रमाइलोको नाममा आफ्नो स्वास्थ्य बिगारिरहेका छन्।
नशा गर्नु स्वास्थ्यको हिसाबले नराम्रो भएता पनि मानिसहरु नशा प्रति आकर्षित हुने गर्छन्। अझ अहिले धूम्रपानलाई फेसनको रुपमा हेर्न थालिएको छ। मदिरा सेवन गर्नु र धूम्रपान गर्नु स्वास्थ्यको लागि राम्रो नहुने भएता पनि मानिसहरु रमाइलोको नाममा आफ्नो स्वास्थ्य बिगारिरहेका छन्।
टेलिभिजनमा देखिने केहि कलाकारहरु धेरै संस्कारी देखिने गर्छन्। भारतीय टेलिभिजनमा देखिने संस्कारी बुहारीहरु वास्तविक जीवनमा भने नशामा उन्मत्त हुने गर्छन्। केहि नायिकाहरु धूम्रपान गर्ने गर्छन् भने केहि मदिरा सेवन। यस्तै केहि नशा गर्ने टेलिभिजन नायिकाहरुको बारेमा हेर्नुहोस् ।
अंचित कौर

टेलिभिजनकी प्रसिद्ध अभिनेत्री अंचित कौरलाई प्राय खलनायिकाको रुपमा देखिने गरिन्छ। वास्तविक जीवनमा पनि उनी धुम्रपान र मदिरा सेवन गर्ने गर्छिन् जसको कारण वास्तविक जीवनमा पनि खलनायिकको संज्ञा उनले पाउने गरेकी छिन्।
टीना दत्ता

भारतीय टेलिभिजनको फेमस शो उतरनमा इच्छाको भूमिकामा देखा पर्ने टीना दत्ता वास्तविक जीवनमा ज्यादै धुम्रपान गर्ने गर्छिन्। उनि सामाजिक संजालमा पनि सक्रिय रहेकी छिन्।
सारा खान

पर्दामा ज्यादै संस्कारी बुहारीको भूमिकामा देखा पर्ने सारा खान वास्तविक जीवनमा ज्यादै चुरोट पीउने गर्छिन्। साथै उनलाई धेरै पटक मदिरा सेवन गर्दै गरेको पनि देखिएको छ।
सुमोना चक्रवर्ती

बलिउड र टेलिभिजनमा ज्यादै चर्चित रहेकी यी नायिका पर्दामा ज्यादै संस्कारी देखिने गर्छिन्। तर उनलाई वास्तविकतामा भने कयौं पटक चुरोट तान्दै गरेको अवस्थामा देखिएको थियो।
करिश्मा तन्ना

टेलिभिजनमा सासु मात्र नभई बुहारीको भूमिका समेत निभाइसकेकी यी नायिका वास्तविक जीवनमा मदिरा सेवन गर्नुका साथै धूम्रपान पनि गर्ने गर्छिन्।
एजेन्सी
प्रतिक्रिया