भरतपुर अस्पतालमा सङ्क्रमित बिरामी घटे

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १२, २०७७
|
|
३० पटक हेरिएको
Shares
भरतपुर अस्पतालमा सङ्क्रमित बिरामी घटे

सारांश

  • कोरोना सङ्क्रमण शुरुआती चरणमा सबै सङ्क्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय सङ्क्रमित बिरामी घट्दै गएको छ ।
  • अन्य रोगका बिरामी भने बढ्न थालेका छन् ।
  • अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आज अस्पतालमा १७ जना मात्रै कोरोना सङ्क्रमित बिरामी छन् ।

कोरोना सङ्क्रमण शुरुआती चरणमा सबै सङ्क्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय सङ्क्रमित बिरामी घट्दै गएको छ । अन्य रोगका बिरामी भने बढ्न थालेका छन् ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आज अस्पतालमा १७ जना मात्रै कोरोना सङ्क्रमित बिरामी छन् । यो सङ्ख्या ८३ जनासम्म पुगेको थियो । सङ्क्रमितहरु स्थानीय तहका आइसोलेसन, निजी मेडिकल कलेज तथा घरमा बस्न थालेपछि सरकारी अस्पतालमा यो सङ्ख्या घटेको हो ।

पौडेलका अनुसार अस्पतालले हालसम्म ३३७ जना सङ्क्रमितको उपचार गरिसकेको छ । यसमध्ये १३ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये १० जना चितवनकै र अन्य कैलाली, गोरखा र मकवानपुरका रहेका छन् ।
सङ्क्रमितको सङ्ख्या घटेसँगै अस्पतालले सङ्क्रमित राख्न प्रयोग गरेको २३ वटा क्याबिन निर्मलीकरण गरेर अन्य रोगका बिरामी राख्न शुरु गरेको छ । पौडेलका अनुसार पछिल्ला दिनमा बहिरङ्ग सेवाका बिरामी बढेर गएका छन् । आइतबार मात्रै ४७३ जनाले बहिरङ्गबाट र १०३ जनाले आकस्मिकबाट सेवा लिएका थिए ।
यसअघि गएको शुक्रबार बहिरङ्ग सेवामा २४१ र आकस्मिकमा ९९ जना बिरामी मात्रै आएका थिए । बिहीबार यो सङ्ख्या १५० र ११४ रहेको थियो । अस्पतालले ‘ए’ ब्लकको भुइँतलामा रहेको हाडजोर्नी र सर्जिकल विभागमा सङ्क्रमित राखेको छ । त्यसैगरी पुरानो क्याबिनमा पनि सङ्क्रमित छन् । क्रमशः बिरामी घट्दै जाँदा ती ठाउँमा पनि अन्य बिरामी राखिने अस्पतालले जनाएको छ ।
अस्पतालको आन्तरिक विभागका श्ययाहरुमा पनि बिरामी भरिन थालेका छन् । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार क्याबिनहरु शुरु भएपछि प्रसूति गराउन आउनेहरु लाभान्वित भएका छन् ।

जिल्ला र बाहिरका बिरामीहरुले प्रसूतिका लागि भरतपुर अस्पताल रोज्न गर्दछन् । सबै क्याबिन कोभिडका बिरामीका लागि प्रयोग भएपछि प्रसूति गराउन आउनेहरुले समस्या भोगेका थिए । उहाँले भन्नुभयो, “अब यहाँ प्रसूति गराउन आउनेहरुको सङ्ख्या अरू बढ्छ ।” अहिले दैनिक ४० जनाको हाराहारीले प्रसूति सेवा लिने गरेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जलि ढकालका अनुसार हाल जिल्लामा रहेका सङ्क्रमितमध्ये अस्पताल र स्थानीय तहका आइसोलेसनहरुमा ३२३ जना छन् । होमआइसोलेसनमा यो सङ्ख्या ६५८ रहेको छ । घरमा बस्दा छिटो निको भएको अनुभव सङ्क्रमितहरुले गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “घरको वातावरण आफू अनुकूल हुने भएकाले सम्भव भएकाहरु घरमा बस्ने क्रम बढेको छ ।” लक्षण देखिएकाहरु मात्रै अस्पताल आउन थालेका छन् । पछिल्ला दिनहरुमा सङ्क्रमितहरुलाई मनोवैज्ञानिक त्रास घटेको छ भने सामाजिक विभेद पनि कम हुँदै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा घाइते प्यालेस्टिनी किशोरको मृत्यु
वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा घाइते प्यालेस्टिनी किशोरको मृत्यु
जापानमा एक नेपालीको निधन
जापानमा एक नेपालीको निधन
एक दिवसीय खेल: ज्ञानेन्द्र मल्ल र अनिल साह आउट
एक दिवसीय खेल: ज्ञानेन्द्र मल्ल र अनिल साह आउट
विद्यालय पुनर्निर्माणमा ढिलाइका कारण बालबालिकाको पढाइ प्रभावित
विद्यालय पुनर्निर्माणमा ढिलाइका कारण बालबालिकाको पढाइ प्रभावित
औरहीमा संघीय समाजवादी फोरमलाई ६ मत अन्तरले हराउँदै माओवादी विजयी
औरहीमा संघीय समाजवादी फोरमलाई ६ मत अन्तरले हराउँदै माओवादी विजयी
भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा महिला निर्वाचित
भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा महिला निर्वाचित
बूढीगण्डकी जलविद्युत् आयोजना : सात दिनभित्र मुआब्जा निर्धारण गर्ने तयारी
बूढीगण्डकी जलविद्युत् आयोजना : सात दिनभित्र मुआब्जा निर्धारण गर्ने तयारी
रवीन्द्र अधिकारीको विषयमा केपी ओलीले किन यसो भने ?
रवीन्द्र अधिकारीको विषयमा केपी ओलीले किन यसो भने ?
मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न, आज यी विषयमा छलफल भयो
मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न, आज यी विषयमा छलफल भयो
आइभरिकोष्टका उपराष्ट्रपति भन्छन्ः–बुद्ध त नेपालमा पो जन्मिएका रहेछन्
आइभरिकोष्टका उपराष्ट्रपति भन्छन्ः–बुद्ध त नेपालमा पो जन्मिएका रहेछन्

तपाईंले छुटाउनुभयो कि?