एमालेले कसलाई बनाउला राष्ट्रपतिको उम्मेदवार! आज टुंगो लाग्ने
सारांश
- काठमाडौं, २२ फागुन – नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार छान्न आज स्थायी कमिटीको वैठक बस्दैछ ।
- वैठकले राष्ट्रपतिको उम्मेदवार छान्ने, मन्त्रिपरिषद् विस्तार लगायतका समसामयिक विषयमा छलफलका लागि वैठक बस्दैछ ।
- बाम गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपति र माओवादी केन्द्रले उपराष्ट्रपतिका लागि उम्मेदवारी दिंदैछन् ।
काठमाडौं, २२ फागुन – नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार छान्न आज स्थायी कमिटीको वैठक बस्दैछ । वैठकले राष्ट्रपतिको उम्मेदवार छान्ने, मन्त्रिपरिषद् विस्तार लगायतका समसामयिक विषयमा छलफलका लागि वैठक बस्दैछ ।
बाम गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपति र माओवादी केन्द्रले उपराष्ट्रपतिका लागि उम्मेदवारी दिंदैछन् । निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरिसकेको छ ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि उम्मेदवार बनाउने तयारी समेत भैरहेको र पार्टीभित्र झलनाथ खनालको पनि इच्छा भएकाले कसलाई छान्ने भन्ने आज टुंगो लाग्नेछ ।
माओवादी केन्द्रले पनि एमालेको राष्ट्रपति छनौटको निर्णय हेरेर उम्मेदवार छान्ने बुझिएको छ । एमालेले भण्डारीलाई उम्मेदवार बनाएमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई दोहोर्याउने देखिएको छ । एमाले स्थायी कमिटिीको वैठक दिउसो ४ बजे पार्टी कार्यालय धुमबाराहीमा बस्न लागेको एमाले नेताले बताएका छन् ।
प्रतिक्रिया