हेर्नुस् तपाइँको आजको राशिफल कस्तो छ
सारांश
- वि.
- सं.
- २०७५ साल असोज ९ गते मंगलबार।
वि.सं. २०७५ साल असोज ९ गते मंगलबार।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। सोखले खर्च बढाए पनि विलासी वस्तुहरू जुटाउने समय छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
पदासीन व्यक्तिको सहयोग जुट्नेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
अस्वस्थता र आलस्यले शरीर कमजोर रहनेछ भने मनको इच्छाशक्ति कुण्ठित हुन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउनेछन्। चुनौतीको बन्धनले कर्मयोग प्रभावित हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। शिष्टाचारका लागि दिन खर्चिलो बन्न सक्छ। तापनि मिहिनेत गर्दा महत्त्वाकांक्षी काम बन्नेछ। आम्दानी रोकिए पनि व्यापारमा फाइदै हुनेछ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम गर्ने अवसरसमेत दिलाउनेछ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
घरमा लक्ष्मी भित्र्याउने समय छ। मेहनत गर्दा पछिसम्मलाई फाइदा हुनेछ। साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
विशेष उपहार प्राप्त गर्ने समय छ सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरू परास्त हुनेछन् भने छिटै प्रतिफल पाइनेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। सुरुमा चुनौती देखिए पनि पछि लाभ हुने काम गर्न सकिनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
सरसापट र वादविवाद सुल्झाउने समय छ। शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। व्यापारमा लाभ हुनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्तत: आफैंलाई फाइदा हुनेछ।
प्रतिक्रिया