एसइइ पास भएपछि सांसद शान्ता चौधरीको यस्तो भावुक फेसबुक स्टाटस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
२३ पटक हेरिएको
Shares
एसइइ पास भएपछि सांसद शान्ता चौधरीको यस्तो भावुक फेसबुक स्टाटस

सारांश

  • कमलरी पृष्ठभूमिका कारण पढ्ने उमेरमा विद्यालय जान नपाएकी नेकपाकी सांसद शान्ता चौधरी एसइइ परिक्षामा पास भएकी छन् ।
  • एसइइ परीक्षाको बिहीबार सार्वजनिक भएको नतिजा अनुासर उले ब्री ग्रेड प्राप्त गरेकी छिन् ।
  • नतिजा सार्वजनिक भएपछि उनले आफ्नो अथक मेहनत सफल भएको बताइन् ।

कमलरी पृष्ठभूमिका कारण पढ्ने उमेरमा विद्यालय जान नपाएकी नेकपाकी सांसद शान्ता चौधरी एसइइ परिक्षामा पास भएकी छन् । एसइइ परीक्षाको बिहीबार सार्वजनिक भएको नतिजा अनुासर उले ब्री ग्रेड प्राप्त गरेकी छिन् । नतिजा सार्वजनिक भएपछि उनले आफ्नो अथक मेहनत सफल भएको बताइन् । परीक्षामा पास गरे लगत्तै उनले निकै भावुक फेसबुक स्टाटस लेखेकी छिन् ।

यस्तो छ उनको फेसबुक स्टाटस
एसईईको परिक्षाफल प्रकाशित भयो । मन गरुँगो भयो , मुटु चिमोटियो र एक्कासि आँखा रसाए किनकी मलाई अध्यारो कुनाभित्रको अतितले पढाईसँग तेरो कहिल्यै साक्षत्कार हुन सक्दैन भनेर खिसिट्युरी गरिरहन्थ्यो र भनिरहन्थ्यो एउटा गरिब कमलरीको सन्तानको रुपमा जन्म लिनेले असम्भव सपना देख्न नगर , तेरो पुस्तौं पुस्ताले यस्तै खालको दासी जीवन भोग्दै जानू पर्नेछ ।

धन्न समय पिंञ्जडालाई तोडेर हामीलाई बाहिर निकाल्न बलशाली भएर आईदिएछ । भाँच्यौं शोषणका खुनी नंग्राहरु , उघारिदियौं दासताका घुम्टोहरु, च्यातिदियौं दमनका पर्दाहरु र निस्कियौं मुक्त आकाशको खोजिमा । बाल्यकालमा पुरा हुन नसकेका रहरहरु पुरा गर्दै जाने अठोट गरें मैले । त्यसैले त आज मलाई मेरा मनका रहरहरुले छोराछोरीका उमेर समुहका नानी बाबुहरुसँगै अध्ययन गर्ने अवस्थामा उभ्याएको छ ।

अलि बढी भावुक छु र खुशी पनि छु । धेरै नम्बर ल्याउन सक्ने परिस्थिति मसँग थिएन । पुरै समय दिएर अध्ययन गर्ने वातावरण पनि मसँग थिएन त्यसकारण परिणामसँग पुर्ण रुपमा सन्तुष्ट छु । म यतिबेला फेरि पनि संझना चाहन्छु मलाई प्रेरणा प्रदान गरेर हौसला बढाईदिनु हुने आदरणीय अग्रज व्यक्तित्वहरु एवं सम्पुर्ण शुभ चिन्तक मित्रहरूलाई ।

उहाँहरु प्रति नतमस्तक भएर हृदयदेखि नै सम्मान व्यक्त गर्दछु । साथै मलाई विभिन्न माध्यमबाट बधाई दिनु हुने सम्पुर्ण महानुभावहरु प्रति आभार व्यक्त गर्दछु । सबै अवस्थाहरु बुझ्दा बुझ्दै पनि मेरो कमलरी हुँदाको विगतलाई संझाएर बारम्बार हेप्नेहरु र मेरो अध्ययनको विषयलाई लिएर उपहास गर्नेहरूप्रति पनि कुनै गुनासो छैन i

किनकी सम्भ्रान्त वर्गको वर्गीय शोषणको चरम रुप देखेको र भोगेको मान्छे हुँ म । आँखा उस्तै देखिए पनि, दृश्य उस्तै देखिए पनि दृष्टिकोण फरक फरक हुन्छ भन्ने राम्रोसँग थाहा छ मलाई । त्यसैले उहाँहरुको अभिव्यक्ति पनि उहि सामन्त वर्गको प्रतिनिधित्व गर्ने अभिव्यक्ति नै त होला भनेर बुझेको छु मैले । अन्तमा व्यक्तित्व विकास , सिकाई र नेतृत्व विकासलाई अनवरत रुपमा अगाडि लैजाने मेरो

प्रण हो त्यसैले म आदरणीय अग्रज एवं शुभ चिन्तक साथीहरुबाट निरन्तर साथ सहयोगको अपेक्षा राख्दछु । साथै एसईईमा द्यं ग्रेड ल्याउन सफल मेरी छोरी बिनु लगायत सम्पुर्ण भाइ बहिनीप्रति हार्दिक बधाई दिँदै आगामी दिनमा अझै मेहनत पुर्वक अध्ययन गरी उज्वल भविष्य निर्माणमा लाग्नका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?