बुहारीलाई म्यासेज पठाएपछि पूर्व डिएसपी पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
२५ पटक हेरिएको
Shares
बुहारीलाई म्यासेज पठाएपछि पूर्व डिएसपी पक्राउ

सारांश

  • काठमाडौं ।
  • फेसबुक म्यासेन्जरबाट बुहारीलाई अपशब्द पठाएको भन्दै नेपाल प्रहरीका पूर्व डिएसपी कृष्णकुमार खड्का पक्राउ परेका छन्।
  • उनकी आफ्नै भाइबुहारीले उजुरी गरेपछि उनी पक्राउ परेका हुन् ।

काठमाडौं । फेसबुक म्यासेन्जरबाट बुहारीलाई अपशब्द पठाएको भन्दै नेपाल प्रहरीका पूर्व डिएसपी कृष्णकुमार खड्का पक्राउ परेका छन्। उनकी आफ्नै भाइबुहारीले उजुरी गरेपछि उनी पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखामा परेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । उनको स्वास्थ्य जाँच गर्न भन्दै वीर अस्पतालमा भर्ना गरिएको छ।

उनकी बुहारी समुना खड्काले आफ्नै जेठाजु कृष्णकुमार खड्काबाट आपत्तिजनक शब्द म्यासेजमा पठाएको स्क्रीन सर्ट सहित उजुरी दिएकी थिइन । प्रहरीले पूर्व डिएसपी खड्कालाई साइबर अपराध ऐन अन्तर्गगत पक्राउ गरिएको जनाएको छ।

त्यसपछिपछि उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ। समुना पूर्व डिएसपी कृष्णराज खड्काका आफ्नै भाई दीलिपकुमार खड्काकी श्रीमती हुन।

नेपालगन्जमा विवाह भएकी बुहारी समुनालाई बोक्सीको आरोप लगाएर घरबाट कुटपीट गरी निकालेपछि उनी काठमाडौंमै छन् । उनी बानेश्वरमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी छिन्।

जेठाजु खड्काले म्यासेजबाट धेरैपटक नराम्रा शब्द लेखेर पठाउने गरेको भएपनि पछिल्लो दिनमा सहनै नसक्ने र पढ्दा लाजहुने शब्द प्रयोग गरेपछि उनी उजुरी लिएर प्रहरीमा पुगेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?