मलामी विश्रामगृह र शवदाह स्थल

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
मलामी विश्रामगृह र शवदाह स्थल

सारांश

  • दाङ, २५ भदौ ।
  • तुलसीपुर उपमहानगरपालिका – ७ का महिलाले चन्दा सङ्कलन गरेर झण्डै रु १० लाख खर्चमा मलामीका लागि विश्रामगृह र शवदाह स्थल निर्माण गरेका छन् ।
  • स्थानीय पुष्पाञ्जली महिला समूहमार्फत उनीहरुले तुलसीपुरस्थित पातुखोलामा रहेको विष्णुघाटमा विश्रामगृह र शवदाह स्थल बनाएका हुन् ।

दाङ, २५ भदौ । तुलसीपुर उपमहानगरपालिका – ७ का महिलाले चन्दा सङ्कलन गरेर झण्डै रु १० लाख खर्चमा मलामीका लागि विश्रामगृह र शवदाह स्थल निर्माण गरेका छन् ।स्थानीय पुष्पाञ्जली महिला समूहमार्फत उनीहरुले तुलसीपुरस्थित पातुखोलामा रहेको विष्णुघाटमा विश्रामगृह र शवदाह स्थल बनाएका हुन् । सो वडाका २० जना गृहिणी महिलामा सामाजिक काम गर्ने सोच भित्रैदेखि आएपछि उनीहरुले पुष्पाञ्जली महिला समूह गठन गरी उक्त कामको शुरुआत गरेको बताए ।

महिलाले विगत तीन वषदेखि स्थानीय व्यापारी, सरकारी निकाय, सङ्घसंस्था लगायतसँग स्वेच्छिक चन्दा सङ्कलन गरेर काम सम्पन्न गरेका हुन् ।विश्रामगृह र शवदाह स्थल निर्माण समितिका संयोजक एवं पुष्पाञ्जली महिला समूहकी अध्यक्ष सुशीला भट्टराइले आफूहरुले विगत तीन वर्षदेखि थालेको काम अहिले सम्पन्न भएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?