भारतको महाराष्ट्रमा माओवादीको भिषण आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु
सारांश
- बीबीसी।
- भारतको महाराष्ट्र राज्यमा एउटा माओवादी आक्रमण हुँदा १६ जना सुरक्षाकर्मीको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
- महाराष्ट्रको गढचिरौलीमा माओवादीहरूले प्रहरीको टोली चढेको गाडीमा आक्रमण गरेका थिए।
बीबीसी। भारतको महाराष्ट्र राज्यमा एउटा माओवादी आक्रमण हुँदा १६ जना सुरक्षाकर्मीको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
महाराष्ट्रको गढचिरौलीमा माओवादीहरूले प्रहरीको टोली चढेको गाडीमा आक्रमण गरेका थिए।
सो गाडीमा महाराष्ट्र राज्यको विशेष सुरक्षादल सी(६० का १६ जवान चढेको बताइएको छ।
माओवादीले दुई दर्जनभन्दा बढी गाडी जलाएको सूचना पाएपछि प्रहरी घटनास्थलमा जाँदा उक्त साङ्घातिक आक्रमण भएको थियो।
गढचिरौली महाराष्ट्रको माओवादीबाट अतिप्रभाव क्षेत्र हो। माओवादी विद्रोहलाई नियन्त्रण गर्न महाराष्ट्र प्रहरीले सी(६० नामक सो विशेष सुरक्षाबल बनाएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया