रौतहटमा स्थानीय वासिन्दाबीच झडप, प्रहरीले चलायो २० राउण्ड हवाई फायर
सारांश
- रौतहट, १० असोज ।
- रौतहटको गरुडा ९ श्रीपुरमा स्थानीय वासिन्दाबीच झडप हुँदा प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ ।
- गरुडाको वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो ।
रौतहट, १० असोज । रौतहटको गरुडा ९ श्रीपुरमा स्थानीय वासिन्दाबीच झडप हुँदा प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ ।
गरुडाको वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो । प्रहरीले झडप रोक्न २० राउण्डभन्दा बढी अश्रुग्याँस पनि हानेको छ ।
झडप रोक्न गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । झडपका क्रममा केही गाउँले घाइते भएका छन् । झडप नियन्त्रणमा खटिएका केही प्रहरीसमेत घाइते भएका छन् । घटनास्थल रौतहट सदरमुकाम गौरबाट २२ किलोमिटर उत्तरमा पर्छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया