रौतहटमा स्थानीय वासिन्दाबीच झडप, प्रहरीले चलायो २० राउण्ड हवाई फायर

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
रौतहटमा स्थानीय वासिन्दाबीच झडप, प्रहरीले चलायो २० राउण्ड हवाई फायर

सारांश

  • रौतहट, १० असोज ।
  • रौतहटको गरुडा ९ श्रीपुरमा स्थानीय वासिन्दाबीच झडप हुँदा प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ ।
  • गरुडाको वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो ।

रौतहट, १० असोज । रौतहटको गरुडा ९ श्रीपुरमा स्थानीय वासिन्दाबीच झडप हुँदा प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ ।

गरुडाको वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो । प्रहरीले झडप रोक्न २० राउण्डभन्दा बढी अश्रुग्याँस पनि हानेको छ ।

झडप रोक्न गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । झडपका क्रममा केही गाउँले घाइते भएका छन् । झडप नियन्त्रणमा खटिएका केही प्रहरीसमेत घाइते भएका छन् । घटनास्थल रौतहट सदरमुकाम गौरबाट २२ किलोमिटर उत्तरमा पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?