सूचना नदिने कर्मचारीविरुद्ध आयोगमा उजुरी दिनुस् : प्रमुख सूचना आयुक्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
२० पटक हेरिएको
Shares
सूचना नदिने कर्मचारीविरुद्ध आयोगमा उजुरी दिनुस् : प्रमुख सूचना आयुक्त

सारांश

  • काठमाडौं, ११ असोज ।
  • राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना नदिने कर्मचारीविरुद्ध आयोगमा उजुरी दिन आग्रह गरेका छन् ।
  • नेपाल पत्रकार महासंघ, महिला समितिले आज सूचनाको हकबारे महिला पत्रकारको भूमिका विषयमा आयोजना गरेको अन्तक्र्रियामा बोल्दै त्यस्तो आग्रह गरेका हुन् ।

काठमाडौं, ११ असोज । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना नदिने कर्मचारीविरुद्ध आयोगमा उजुरी दिन आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ, महिला समितिले आज सूचनाको हकबारे महिला पत्रकारको भूमिका विषयमा आयोजना गरेको अन्तक्र्रियामा बोल्दै त्यस्तो आग्रह गरेका हुन् ।

प्रमुख सूचना आयुक्त बाँस्कोटाले जनताले तिरेको करबाट सञ्चालित निकायमा हुने गतिविधिबारे जनतालाई जानकारी दिन सूचनाको हक सम्बन्धी कानुन बनेको बताए । उनले नेपाल सरकारले सूचना दिनकै लागि भनेर छुट्टै कर्मचारी नियुक्त गरेको भए तापनि सूचना दिन नजानेको भन्दै सूचना नदिने कर्मचारी विरुद्घ आयोगमा उजुरी दिन आग्रह गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघको पहलमा सूचनाको हक सम्बन्धी कानुन निर्माण भएको भन्दै त्यसको भरपुर सदुपयोग गर्नुपर्ने विचार व्यक्त गरे । सञ्चारिका समूहकी नवनिर्वाचित अध्यक्ष नितु पण्डितले कार्यक्रमको आयोजना गरेकोमा महासंघलाई धन्यवाद दिँदै पत्रकारहरुमा सूचनाको हक सम्बन्धी व्यवस्थाको प्रयोग गर्ने प्रचलन कम रहेको भन्दै त्यसमा जोड दिन पत्रकारहरुलाई आग्रह गरिन् । उनले पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको संख्या पच्चीस प्रतिशत मात्रै रहेकोले पत्रकारितामा महिला पत्रकारको निरन्तरता आवश्यकता रहेको बताइन् ।

कार्यक्रममा महासंघकी सचिव तथा महिला समिति संयोजक लक्ष्मी पुनले पुरुष पत्रकार सरह महिला पत्रकार पनि सक्षम छन् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको धारणा राखेकी थिइन् । महासंघ लेखा समिति सदस्य मीरा राजभण्डारीले स्वागत मन्तव्य राख्दै महिला पत्रकारको क्षमता अभिवृद्घिका तथा सूचनाको हकको प्रयोगका लागि कार्यक्रमको आवश्यकता रहेको धारणा राखिन् ।

कार्यक्रममा चलचित्र निर्माता संघकी अध्यक्ष सुचित्रा श्रेष्ठ, गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक हरिकला अधिकारी, पत्रकार रुवि श्रेष्ठ, दीपा दाहाल, शिल्पा कर्ण लगायतले सूचनाको हक सम्बन्धमा आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा महासंघ महिला समितिले सञ्चारिका समूहको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्नुका साथै पूर्ण सफलताको शुभकामना व्यक्त गरेको गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?