सुर्य चिन्ह दाबी गर्दै प्रचण्ड र नेपाल निर्वाचन आयोगमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २०, २०७७
|
|
२२ पटक हेरिएको
Shares
सुर्य चिन्ह दाबी गर्दै प्रचण्ड र नेपाल निर्वाचन आयोगमा

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी दाहाल(नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।
  • उनीहरु आफू पक्षीय प्रभावशाली नेताहरु लिएर आयोग पुगेका हुन् ।
  • आयोगमा वर्षमान पुनः घनश्याम भुषाल, राजेन्द्र पाण्डेलगायत पुगेका छनु ।

नेपाल कम्युनिस्ट पार्टी दाहाल(नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । उनीहरु आफू पक्षीय प्रभावशाली नेताहरु लिएर आयोग पुगेका हुन् ।

आयोगमा वर्षमान पुनः घनश्याम भुषाल, राजेन्द्र पाण्डेलगायत पुगेका छनु । उनीहरु कार्यालय समय शुरु भएलगत्तै पुगेका हुन् ।

बहुमत केन्द्रीय सदस्य आफूहरुको पक्षमा रहेको भन्दै प्रचण्ड र नेपालले पार्टीको नाम र चिन्ह आफूहरुले पाउनुपर्ने माग राख्दै आएका छन् । आज पनि उनीहरु पार्टीको बहुमत पुग्ने दाबीको प्रमाणहरु सहित पुगेका हुन् । उनीहरुले दल र चुनाव चिन्हको दाबी पेश गरेका हुन् ।

यसअघि दाहाल नेपाल र ओली समूहले पार्टीको फरक फरक निर्णय अद्यावधिक गर्न निर्वाचन आयोगमा पत्र पठाएकोमा गर्न मानेको छैन । प्रचण्ड(नेपाल पक्षले बहुमत पक्ष आफूहरु भएकाले निर्णय अद्यावधिक गर्न आग्रह गर्दै आएको छ ।

४४१ जना केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा दर्ता भएकोमा बहुमतको हस्ताक्षर दाहाल(नेपाल समूहले बुझाइसकेको छ । तर, ओली पक्षले केन्द्रीय कमिटी विस्तार गरी निर्णय अद्यावधिक गर्न पत्र पठाएको छ ।

५ पौषमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको थियो । तर, कानुनी रुपमा नेकपा अझै विभाजित भएको छैन ।

हिजो माधवकुमार नेपालले सुर्य चिन्ह नै फ्रिज गर्न लागिएको भनेसँगै आज निर्वाचन आयोग पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?