क्यानडा पठाइदिन्छु भन्दै १२ लाख लिएर मान्छे बेच्न थालेपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • क्यानडामा आकर्षक जागिर लगाइदिने लोभमा पारी ७ देखि १२ लाख रुपैयाँसम्म लिएर भारतको बाटो हुँदै मानव बेचबिखनमा संलग्न रहेको भेटिएको छ ।
  • नक्कली कागजातसमेत बनाएर भारतको बाटो हुँदै मानवबेचबिखनमा संलग्न रहेकाले पुतलीसडकमा नेटवर्क चलाएर बसेकी सुनिता तिवारी वाईवालाई पक्रेको हो ।

काठमाडौं । क्यानडामा आकर्षक जागिर लगाइदिने लोभमा पारी ७ देखि १२ लाख रुपैयाँसम्म लिएर भारतको बाटो हुँदै मानव बेचबिखनमा संलग्न रहेको भेटिएको छ । नक्कली कागजातसमेत बनाएर भारतको बाटो हुँदै मानवबेचबिखनमा संलग्न रहेकाले पुतलीसडकमा नेटवर्क चलाएर बसेकी सुनिता तिवारी वाईवालाई पक्रेको हो ।

पीडितहरुबाट प्रतिव्यक्ति ७ देखि १२ लाख रुपैयाँसम्म रकम लिएर मानव वेचबिखन तथा ओसारपसारमा संलग्न मध्येका मुख्य प्रतिवादी वेस्टर एजुकेसन नेटवर्क प्रालि सञ्चालक काठमाडौं नैकाप बस्ने मकवानपुर, बकैया गाउँपालिका च्युरीबासकी ३७ वर्षीया सुनिता तिवारी वाईवालाई पुतलीसडकबाट पक्रेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज प्रहरीले पक्राउ गरेको हो ।

सुनिताले शिक्षा मन्त्रालयबाट स्वीकृति समेत नलिई पुतलीसडकमा कार्यालय खोली विदेशमा अध्ययनमा जान चाहने विद्यार्थीहरु पैसा असुल्दै अलपत्र पारेको भेटिएको हो ।

बिभिन्न पत्रपत्रिकामा विज्ञापन दिने र पीडितहरु सम्पर्कमा आएपछि भारतको नयाँदिल्ली लगायतका स्थानमा पुर्या्ई महिनौसम्म अलपत्र पारी सम्पर्कविहिन हुने गरेको पाईएको प्रहरीले जनाएको छ । वाईवालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा लगाएर थप अनुसन्धान भईरहेको छ ।

(https://www.leankitchenco.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?