कानुन मिचेर कर्मचारी ‘पानी बढुवा’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • समाज कल्याण परिषद्मा नियम मिचेर मनपरी बढुवा गरेको पाइएको छ ।
  • निजामति सेवा ऐन, २०४९ को दफा २४(घ) विपरीत विभिन्न पदमा बढुवा गरेको पाइएको हो ।
  • परिषद्को तत्कालीन बोर्डले २०६९ सालमा खरिदारदेखि सहसचिव वा सोसरह रहने निर्देशक पदसम्म एकैपटक ४४ जनालाई बढुुवा गरेको तथ्य अहिले आएर खुलेको हो ।

समाज कल्याण परिषद्मा नियम मिचेर मनपरी बढुवा गरेको पाइएको छ । निजामति सेवा ऐन, २०४९ को दफा २४(घ) विपरीत विभिन्न पदमा बढुवा गरेको पाइएको हो ।

परिषद्को तत्कालीन बोर्डले २०६९ सालमा खरिदारदेखि सहसचिव वा सोसरह रहने निर्देशक पदसम्म एकैपटक ४४ जनालाई बढुुवा गरेको तथ्य अहिले आएर खुलेको हो ।

निजामति सेवामा उक्त ऐनको दफा २४(घ) लगाएर बढुवा गर्न पाउने प्रावधान थियो । उक्त दफाअनुसार हुने बढुवालाई ‘पानी बढुवा’ भनिन्थ्यो । २० वर्षसम्म काम गरेर पनि बढुवा नभएका कर्मचारीलाई एक तह बढुवा गरी सेवा–सुविधा दिई घर पठाउने प्रावधान थियो । तर पछिल्लो संशोधनबाट उक्त प्रावधान हटाइसकिएको छ ।

परिषद्कै कर्मचारी सेवा सर्त नियमावली, २०५० ले पनि जेष्ठताको आधारमा कर्मचारीबाटै कायममुकायम निर्देशक बनाउन सकिने व्यवस्था गरेको भए पनि उक्त पद ६ महिनासम्म रहने व्यवस्था छ ।

यो आजको नेपाल समाचारपत्रमा खबर छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?