पचपन्न वर्षमा नागरिकता

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
२० पटक हेरिएको
Shares
पचपन्न वर्षमा नागरिकता

सारांश

  • बेँसीशहर, १७ असोज ।
  • मध्यनेपाल नगरपालिका–५ समिभञ्याङकी एक महिलाले ५५ वर्षमा नागरिकता प्राप्त गर्नुभएको छ ।
  • सानैमा विवाह गर्नुभएकी गुनाकुमारी गुरुङले मङ्गलबार जिल्ला प्रशासन कार्यालयल मजुङबाट नेपाली नागरिकता लिनुभएको हो ।

बेँसीशहर, १७ असोज । मध्यनेपाल नगरपालिका–५ समिभञ्याङकी एक महिलाले ५५ वर्षमा नागरिकता प्राप्त गर्नुभएको छ । सानैमा विवाह गर्नुभएकी गुनाकुमारी गुरुङले मङ्गलबार जिल्ला प्रशासन कार्यालयल मजुङबाट नेपाली नागरिकता लिनुभएको हो ।दुई सन्तानकी आमा गुरुङ नागरिकताका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउँदै आउनु भएको थियो । “बुबाले पटक–पटक नागरिकता बनाइदिन्छु भन्दा पनि पाउन सकेकी थिइनँ, आज बल्ल पाएँ”, उहाँले भन्नुभयो । उहाँको २०३८ सालमा विवाह भएको हो ।

विसं २०५३ देखि उहाँका श्रीमान वेपत्ता हुनुभएको थियो । “मसँग विवाह दर्ता र नागरिकता थिएन । मेरो त जिन्दगी सकियो । दुई छोरा छन् । उनीहरुको जिन्दगी मैले गर्दा अन्धकारमा बित्यो । आजदेखि छोराको भविष्यको ढोका खुल्यो,” नागरिकता प्राप्त गरेपछि गुरुङले भन्नुभयो ।गुुरुङका जेठो छोरा २४ वर्ष तथा कान्छा छोरा २१ वर्षको हुनुहुन्छ । उनीहरुले नागरिकता नहुँदा केही गर्न सकेका थिएनन् । गुरुङका ८३ वर्षीय बुबा कुलबहादुर गुरुङ छोरीले नागरिकता पाएपछि औधी खुशी हुनुहुन्छ । बेलायती सेनाबाट सेवानिवृत्त उहाँले भन्नुभयो, “छोरी र नातिको पीर थियो, अब एकमुठ्ठी सास सजिलै जानेभयो ।” प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले गुरुङलाई नागरिकता प्रदान गर्नुभएको हो ।

(store.spaceylon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?