२२ उद्योगलाई उत्पादनमा रोक

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३०, २०७६
|
|
३२ पटक हेरिएको
Shares
२२ उद्योगलाई उत्पादनमा रोक

सारांश

  • मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २२ उद्योगको उत्पादनमा रोक लगाइएको छ ।
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ भन्दा बढी स्थानमा सञ्चालित उद्योगको अनुगमन गरेलगत्तै ती उद्योगहरुको उत्पादनमा रोक लगाइएको हो ।
  • विभागका महानिर्देशक डा मतिना वैद्यले विभागसँग भएको सम्झौता र अनुमतिलाई अवज्ञा गर्दै खान अयोग्य र अस्वस्थ खाद्यान्न तथा पिउने पानी उत्पादन गरी बिक्री वितरण गरेकाले उद्योग बन्द गरिएको जानकारी दिनुभयो ।

मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २२ उद्योगको उत्पादनमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ भन्दा बढी स्थानमा सञ्चालित उद्योगको अनुगमन गरेलगत्तै ती उद्योगहरुको उत्पादनमा रोक लगाइएको हो ।

विभागका महानिर्देशक डा मतिना वैद्यले विभागसँग भएको सम्झौता र अनुमतिलाई अवज्ञा गर्दै खान अयोग्य र अस्वस्थ खाद्यान्न तथा पिउने पानी उत्पादन गरी बिक्री वितरण गरेकाले उद्योग बन्द गरिएको जानकारी दिनुभयो । उहाँले बन्द गरिएका उद्योगको नाम दिन अस्वीकार गर्दै बन्द उद्योगको अभियोग प्रमाणित भएमा खाद्य ऐन, २०२३ अनुसार कानुनी कारबाही गरिने बताउनुभयो ।

नेपालको खाद्य ऐन तथा नियमावलीले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने खाद्यान्न तथा पिउने पानी उत्पादन गरेको प्रमाणित भएमा रु ५० हजार जरिवाना र पाँच वर्षसम्मको जेल सजाय निर्धारण गरेको छ ।

विभागले चालू आर्थिक वर्षको चौमासिक प्रतिवेदन सार्वजनिक गर्दै यस वर्ष १७९ उद्योगलाई नयाँ अनुज्ञापत्र, ५३० को नवीकरण, ५३५ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ भने सात हजार ७७२ लाई आयात अनुमति प्रदान गरेको र ४९ खाद्य पदार्थका अनुमति अस्वीकृत गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी खोप आजदेखि, प्रधानमन्त्रीले निरीक्षण गर्ने
अमेरिकी खोप आजदेखि, प्रधानमन्त्रीले निरीक्षण गर्ने
आइएमई पेबाट हवाइ टिकट काट्दा पुनः बोनस अफर
आइएमई पेबाट हवाइ टिकट काट्दा पुनः बोनस अफर
सुनकोसी नदीमा जीप खस्दा ७ जनाको मृत्यु….
सुनकोसी नदीमा जीप खस्दा ७ जनाको मृत्यु….
काेराेना कहर : २४ घण्टामा ३५१५ जनाको मृत्यु, अमेरिकामा एकैदिन साढे १९ हजार संक्रमित
काेराेना कहर : २४ घण्टामा ३५१५ जनाको मृत्यु, अमेरिकामा एकैदिन साढे १९ हजार संक्रमित
पूर्वाञ्चलस्तरीय स्नुकर प्रतियोगिता सम्पन्न
पूर्वाञ्चलस्तरीय स्नुकर प्रतियोगिता सम्पन्न
माओवादीले गरे एमाले कार्यकर्ताको हत्या : जंगली रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र
माओवादीले गरे एमाले कार्यकर्ताको हत्या : जंगली रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र
नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी
नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी
गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीको शपथ
गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीको शपथ
संघीयताविरुद्ध राष्ट्रिय अभियानको अध्यक्षमा चित्रबहादुर केसी, प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिइने
कुलमानको पुनर्नियुक्तीको ‘च्याप्टर-क्लोज’, बालुवाटारको तयारी अर्कै !
कुलमानको पुनर्नियुक्तीको ‘च्याप्टर-क्लोज’, बालुवाटारको तयारी अर्कै !

तपाईंले छुटाउनुभयो कि?