यु १८ महिला साफ च्याम्पियनसिपः भारतलाई हराउँदै नेपाल फाइनलमा !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
५० पटक हेरिएको
Shares
यु १८ महिला साफ च्याम्पियनसिपः भारतलाई हराउँदै नेपाल फाइनलमा !

सारांश

  • काठमाडाैँ, १९ असाेज ।
  • भुटानमा जारी अठार वर्ष मुनिकाे महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाली टाेली फाइनलमा प्रवेश गरेकाे छ ।
  • भारत यु १८ लाई पेनाल्टी शूटआउटमा ३-१ले हराउदै नेपाल साफ  यु १८ च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेको हाे ।

काठमाडाैँ, १९ असाेज । भुटानमा जारी अठार वर्ष मुनिकाे महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाली टाेली फाइनलमा प्रवेश गरेकाे छ । भारत यु १८ लाई पेनाल्टी शूटआउटमा ३-१ले हराउदै नेपाल साफ  यु १८ च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेको हाे ।

निर्धारित समयमा दुबै टाेलीले १-१ गाेल गरेपछि खेल पेनाल्टी शुटअाउटमा गएकाे थियाे । नेपालकाे जितमा गाेलरक्षक अन्जना राना मगरकाे मुख्य भूमिका रह्याे । उनले तीन ओटा पेनाल्टी किक रोकेकी थिईन भने आँफैले एक गोल गरेकी थिईन ।

नेपालले समूह चरणकाे खेलमा पाकिस्तानलाई १२-० काे फराकिलाे गाेल अन्तरले हराएकाे थियाे । भने बंगलादेशसँग २-१ ले पराजित भएकाे थियाे ।

अब नेपालले भुटान र बाङ्लादेशको बिजेता सँग फाइनल खेल्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?