तनुश्रीको दाबी-कैयौं पटक हत्या प्रयास भयो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ७, २०७९
|
|
१८ पटक हेरिएको
Shares
तनुश्रीको दाबी-कैयौं पटक हत्या प्रयास भयो

सारांश

  • एजेन्सी।
  • बलिउड अभिनेत्री तनुश्री दत्ता प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बन्छिन्।
  • फिल्म उद्योगमा पहिचान बनाएर मूलधारबाट टाढिएकी उनी लामो समयदेखि यौन उत्पीडन मामलामा बोलेका कारण चर्चामा छिन्।

एजेन्सी। बलिउड अभिनेत्री तनुश्री दत्ता प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बन्छिन्। फिल्म उद्योगमा पहिचान बनाएर मूलधारबाट टाढिएकी उनी लामो समयदेखि यौन उत्पीडन मामलामा बोलेका कारण चर्चामा छिन्। उनले अहिले पुनः आफूमाथि कैयौं पटक हत्या प्रयास भएको खुलासा गरेकी छन्।

उनले एक अन्तरवार्तामा यो कुराको खुलासा गरेकी हुन्। ‘म उज्जैनमा हुँदा मेरो कारको कैयौं पटक ब्रेक फेल गराइयो। जसकारण म एक भयानक कार दुर्घटनामा परेँ। त्यो दुर्घटनामा मेरो शरीरबाट धेरै खुन बग्यो र मलाई ठीक हुन निकै समय लाग्यो। मैले पिउने पानीमा पाइसन मिसाएको पाइयो’, उनले भनेकी छन्।

उनका अनुसार घरमा काम गर्ने एक सहयोगीले आफूलाई विष सेवन गराएको दाबी गरेकी छन्। ‘मेराे एक सहयोगी थिइन्। जो मेरो घरमा काम गर्थिन्। उनी घरमा काम गर्न आएपछि म विस्तारै विस्तारै बिरामी हुन थालेँ। त्यसपछि मात्र मलाई पानीमा केही मिसाइएको अनुभव भयो’, उनले भनेकी छन्।

तनुश्रीले दुई वर्षअघि फिल्म ‘हर्न ओके प्लीज’ को सुटिङका समयमा अभिनेता नाना पाटेकरले आफूमाथि अश्लील हरकत गरेको आरोप लगाएकी थिइन्। भारतमा ‘मीटू मुभमेन्ट’ सुरु गर्ने श्रेय तनुश्रीलाई नै जान्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?