दशैं लगत्तै मन्त्रिपरिषद् पुनर्गठन, प्रम ओलीले सुरु गरे कसरत
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको कसरत सुरु गरेका छन् ।
- बालुवाटार स्रोतका अनुसार बुधबार साँझ प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल र उपप्रधानमन्त्री रहेका सचिवालय सदस्य ईश्वर पोखरेलबीच छलफल भएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको कसरत सुरु गरेका छन् । बालुवाटार स्रोतका अनुसार बुधबार साँझ प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल र उपप्रधानमन्त्री रहेका सचिवालय सदस्य ईश्वर पोखरेलबीच छलफल भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली गृह, सञ्चार तथा सूचना प्रविधि, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयमा फेरबदल चाहन्छन् । अन्य केही मन्त्रालयबारे पनि छलफल भएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली दशैँअगावै पुनर्गठन गर्न चाहन्थे तर सभामुख रहेका कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा मुछिएपछि अलमल भएको छ । दशैँअघि नभए त्यसपछि लगत्तै हुनेछ । बुधबारको छलफलले के निष्कर्ष निकाल्यो भन्ने थाहा हुन सकेन ।
मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको लामो समय भएको छ । अध्यक्ष दाहालले चाँडै पुनर्गठन हुने बताउने गरेका थिए । उनले केही दिनअघि विराटनगरमा प्रधानमन्त्रीको अधिकार क्षेत्र भएकाले यसबारे आफूलाई प्रश्न नगर्न भनेका थिए ।
प्रतिक्रिया