बाबुराम भट्टराई का नेता विवेकशील साझा पार्टीमा प्रबेश
सारांश
- काठमाडौं, ९ असार ।
- डा.
- बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल छाडेका नेता केशव दाहाल विवेकशील साझा पार्टीमा प्रबेश गरेका छन् ।
काठमाडौं, ९ असार । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल छाडेका नेता केशव दाहाल विवेकशील साझा पार्टीमा प्रबेश गरेका छन् ।
‘जति प्रयत्न गरे पनि नयाँ शक्ति पार्टीबाट वैकल्पिक राजनीतिको लक्ष्य हासिल हुनै नसक्ने’ निश्कर्षमा पुगेपछि १० दिनअघि उक्त पार्टीबाट राजीनामा दिएको उनले बताएका छन् ।
दाहालले वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै देशको रूपान्तरण गर्ने आफ्नो अटुट प्रयास विवेकशील साझासँगको सहयात्राबाट बल्ल टुङ्गोमा पुग्ने आशा बढेको बताए।
विवेकशील साझाका संयोजकद्वय रवीन्द्र मिश्र तथा उज्वल थापाले दहालजस्तो वैकल्पिक राजनीतिको अगुवा, बुद्धिजीवी तथा नेता विवेकशील साझामा सहभागी हुँदा पार्टी तथा राष्ट्र निर्माणको अभियान अझ बलियो हुने बताएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया