डेटिङ एप्समा प्रियंका चोपडाकाे लगानी !
सारांश
- डेटिङ एप्स ‘बम्बल’मा बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा लगानी गर्ने भएकी छन्।
- बम्बलले आफ्नो सुविधा भारतमा बढाउने योजना ल्याएसँगै प्रियंकाले एप्समा लगानी गर्ने भएकी हुन्।
- उनले भारतीय संस्करणमा आउने यस एप्लिकेसनको सल्लाहकारको भूमिका समेत निर्वाह गर्नेछिन्।
डेटिङ एप्स ‘बम्बल’मा बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा लगानी गर्ने भएकी छन्। बम्बलले आफ्नो सुविधा भारतमा बढाउने योजना ल्याएसँगै प्रियंकाले एप्समा लगानी गर्ने भएकी हुन्। उनले भारतीय संस्करणमा आउने यस एप्लिकेसनको सल्लाहकारको भूमिका समेत निर्वाह गर्नेछिन्। भारतका प्रयोगकर्ताले यस एप्लिकेसनमा महिलाले पहिले कुराकानी थालेमात्र दोहोरो कुराकानी गर्न सक्नेछन्।
महिला सुरक्षालाई मध्यनजर गर्दै यस सुविधा प्रदान गर्न लागिएको बताइएको छ। बम्बलले प्रियंका एप्सको लगानीकर्ता र सल्लाहकार भएको पुष्टि गरेपछि प्रियंकाले भनिन्, ‘सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको लागि महिलामाथि मसँधै लगानी गर्न तयार छु। महिलाले माया, सद्भाव र उज्वल भविष्य चाहेका छन्। यसलाई बम्बलले पूर्ति गर्ने प्रयत्न गर्नेछ’, पूर्व विश्व सुन्दरी प्रियंकाले भनिन्।
टिभी कार्यक्रम ‘क्वान्टिाको र बेवाच’मा अभिनय गरिसकेकी उनले अमेरिकाको युएस कोडिङ स्कूलमा समेत लागनी गरेकी छन्। प्रियंकाले यसैवर्ष आफूभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोनससँग इन्गेजमेन्ट गरेकी छन्।
(एजेन्सी)
प्रतिक्रिया