रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबिच इकमर्श सम्झौता

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १४, २०७६
|
|
३३ पटक हेरिएको
Shares
रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबिच इकमर्श सम्झौता

सारांश

  • नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने सन्दर्भमा मोबाइल एप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयका बिचमा सम्झौता भएको छ ।
  • एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिँदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष २०२० को इकमर्श पार्टनर बनाउने सन्दर्भमा सम्झौता भएको हो ।
  • सम्झौता पत्रमा रिचार्जरका तर्फबाट ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर तथा नेपाल भ्रमण वर्ष २०२० सचिवालय सदस्य बच्चु नारायण श्रेष्ठले सम्झौता गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने सन्दर्भमा मोबाइल एप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयका बिचमा सम्झौता भएको छ । एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिँदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष २०२० को इकमर्श पार्टनर बनाउने सन्दर्भमा सम्झौता भएको हो ।
सम्झौता पत्रमा रिचार्जरका तर्फबाट ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर तथा नेपाल भ्रमण वर्ष २०२० सचिवालय सदस्य बच्चु नारायण श्रेष्ठले सम्झौता गरेका छन् ।
सम्झौता अनुसार रिचार्जरले आफ्नो व्यवसायिक अभियानका दौरान भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने किसिमका प्रवद्र्धनात्मक अभियान सञ्चालन गर्नेछ । भ्रमण वर्षलाई प्रवर्दन गर्ने योजना समेट्दै रिचार्जरले विभिन्न किसिमका अफर तथा इभेण्टहरुको आयोजना गर्नेछ । यसका लागि भ्रमण वर्ष सचिवालयले आवश्यक सहकार्य गर्नेछ ।
सम्झौतासँगै रिचार्जरले सचिवालयसँगको सहकार्यमा रिचार्जर बिग सेल २०२० को सुरुवात गर्दैछ । सोमबार साँझ पर्यटनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमका बिच उक्त अभियानको सुरुवात गर्दैछन् ।
अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ । रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

सेवा र किनमेलका लागि उपयोगी रिचार्जरमा ७० प्रतिशतसम्मको छुटमा सामानहरु किन्न सकिन्छ । त्यसै गरी विभिन्न बैंकहरुसँगको सहकार्यमा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलोक्ट्रोनिक्स, टुर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरु पनि किन्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायतले जनमतसङ्ग्रहपछि प्रत्यक्ष विदेशी लगानीमा ऐतिहासिक आकर्षण
बेलायतले जनमतसङ्ग्रहपछि प्रत्यक्ष विदेशी लगानीमा ऐतिहासिक आकर्षण
आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदै
आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदै
यौन दुर्व्यवहारको आरोपमा ललितपुरबाट समातिए पूर्वसभासद् घिसिङ
यौन दुर्व्यवहारको आरोपमा ललितपुरबाट समातिए पूर्वसभासद् घिसिङ
काँग्रेस संसदीय दलको नेता निर्वाचनका लागि मतदाता नामावली प्रकाशन
काँग्रेस संसदीय दलको नेता निर्वाचनका लागि मतदाता नामावली प्रकाशन
हेलिकप्टर दुर्घटनमा निधन भएका मन्त्री अधिकारीसहितलाई टुँलिखेलमा श्रद्धाञ्जलि सुरु
हेलिकप्टर दुर्घटनमा निधन भएका मन्त्री अधिकारीसहितलाई टुँलिखेलमा श्रद्धाञ्जलि सुरु
भारतीय सेनाले यातना दिएको कश्मीरी गाउँलेको आरोप
भारतीय सेनाले यातना दिएको कश्मीरी गाउँलेको आरोप
उत्तर कोरियाबारे वार्ता गर्न राष्ट्रपति मून अमेरिका जाने
उत्तर कोरियाबारे वार्ता गर्न राष्ट्रपति मून अमेरिका जाने
रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती
रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती
प्रहरीमाथि सांसद सहितको भीडले पेट्रोल छर्केर आगो लगाएपछि
प्रहरीमाथि सांसद सहितको भीडले पेट्रोल छर्केर आगो लगाएपछि
नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान
नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान

तपाईंले छुटाउनुभयो कि?