वामदेव गौतमलाई सांसद् बनाउन ईश्वर पोखरेल बाधक बनेपछि…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
वामदेव गौतमलाई सांसद् बनाउन ईश्वर पोखरेल बाधक बनेपछि…

सारांश

  • काठमाडाैं, २३ असाेज ।
  •  काठमाडाैंबाट चुनाव लड्ने तयारी गरिरहेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता वामदेव गौतमका लागि सचिवालय सदस्य ईश्वर पोखरेल बाधक बनेका छन् ।

काठमाडाैं, २३ असाेज । । काठमाडाैंबाट चुनाव लड्ने तयारी गरिरहेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता वामदेव गौतमका लागि सचिवालय सदस्य ईश्वर पोखरेल बाधक बनेका छन् । काठमाडाैं निर्वाचन क्षेत्र ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले गौतमलाई सांसद बन्न राजीनामा दिएपछि रक्षामन्त्रीसमेत रहेका पोखरेलले आपत्ती जनाएका हुन् । नेकपाका बरिष्ठ नेता गौतमलाई प्रतिनिधि सभामा पुर्याउन सांसद मान्नधरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष सोमबार राजीनामा पत्र बुझाएका थिए ।

काठमाडाैं ७ मा उपनिर्वाचन गराएर नेता गौतमलाई उम्मेदवार बनाउनु पर्ने भन्दै सांसद मानन्धरले दिएको राजीनामा पत्र महासचिव विष्णु पौडेलले पढेर सुनाएका थिए । प्रचण्डको प्रस्तावमा सचिवालय सदस्य पोखरेलले विरोध गरेका थिए । पत्र पढिसकेपछि पोखरेलले विरोध स्वरुप भने, ‘यो गलत हुन्छ, नगरौं ।’ प्रचण्डको प्रस्ताव र पोखरेलको विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले सांसद मानन्धरसँग कुरा गर्ने बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?