रुखमा भोट माग्दै, संघीय समाजवादी, नयाँ शक्ति र माओवादी केन्द्रका उम्मेदवार !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
२० पटक हेरिएको
Shares
रुखमा भोट माग्दै, संघीय समाजवादी, नयाँ शक्ति र माओवादी केन्द्रका उम्मेदवार !

सारांश

  • स्थानीय तहको निर्वाचनका लागि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चाबाट गजेन्द्र राई वडा सदस्यमा लड्दैछन् ।
  • यही असार १४ गतेको निर्वाचनमा गजेन्द्रले आफ्नो पार्टीको चिन्ह हातले समाएको मसालबाट लड्नुपर्ने हो तर उनी नेपाली काँग्रेसको चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
  • अहिले चुनावी घरदैलोमा व्यस्त गजेन्द्रले हातले समातेको मसालमा भोट मागिरहेका छैनन्, काँग्रेसको चुनाव चिह्न रूख देखाएर आफ्ना लागि भोट मागिरहेका छन् ।

स्थानीय तहको निर्वाचनका लागि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चाबाट गजेन्द्र राई वडा सदस्यमा लड्दैछन् । यही असार १४ गतेको निर्वाचनमा गजेन्द्रले आफ्नो पार्टीको चिन्ह हातले समाएको मसालबाट लड्नुपर्ने हो तर उनी नेपाली काँग्रेसको चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

अहिले चुनावी घरदैलोमा व्यस्त गजेन्द्रले हातले समातेको मसालमा भोट मागिरहेका छैनन्, काँग्रेसको चुनाव चिह्न रूख देखाएर आफ्ना लागि भोट मागिरहेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट सोही वडाको सदस्यमा उठेकी क्रान्ति श्रेष्ठ र जयन्ती दर्जी पनि काँग्रेसकै चुनाव चिह्न देखाएर आफ्नो लागि भोट मागिरहेका छन् ।

रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा काँग्रेस, माओवादी केन्द्र, सङ्घीय समाजवादी र नयाँ शक्तिले चुनावी तालमेल गरेका छन् । निर्वाचनमा गरिएको चुनावी तालमेलका कारण उनीहरु एउटा पार्टीका भए पनि अर्को पार्टीको चुनाव चिह्न लिएर चुनावमा होमिएका हुन् । चार पार्टी बीचको तालमेलपछि उनीहरुले काँग्रेसका गोपालसिं राईलाई वडाध्यक्षको साझा उम्मेदवार बनाएका छन् ।

पहिलो चरणको निर्वाचनमा चुनावी तालमेल गरेपनि कतिपय ठाउँमा आ–आफ्नै चुनाव चिह्नबाट लड्दा मत बिग्रेको र हार बेहोर्नु परेको देखिएकाले एउटै चुनाव चिह्नबाट लड्ने निर्णय गरिएको गजेन्द्रले बताए ।

तालमेलका क्रममा काँग्रेसलाई वडाध्यक्ष र एक सदस्य, सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चालाई एक सदस्य तथा माओवादी केन्द्रलाई दुई सदस्य बाँडिएको छ । सो वडामा एमालेका लीला चौहान एक्लै तालमेलको सामना गर्दैछन् ।

यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–७ मा पनि सङ्घीय समाजवादी फोरमले माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्दैछन् । चुनावी तालमेलका क्रममा माओवादी केन्द्रका हरिप्रसाद चौलागार्इंलाई वडाध्यक्ष र कृष्ण थापालाई सदस्य, सङ्घीय समाजवादी फोरमका तर्फबाट टीकाराम राई, इन्द्रकुमारी राई र सोमायाँ सुनारलाई वडा सदस्यको उम्मेदवार बनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाको अवरोध हट्यो
राष्ट्रियसभाको अवरोध हट्यो
स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप, प्रहरीद्वारा हवाई फायरिङ
कास्की क्षेत्र नं १ मा मन्त्री र पूर्वमन्त्रीको उम्मेदवारी
कास्की क्षेत्र नं १ मा मन्त्री र पूर्वमन्त्रीको उम्मेदवारी
सर्वाेच्चद्वारा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने रिठ दरपिठ
सर्वाेच्चद्वारा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने रिठ दरपिठ
५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?
५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
होटलको सौचालयमा मृत भेटिए प्रहरी नायव निरिक्षक
होटलको सौचालयमा मृत भेटिए प्रहरी नायव निरिक्षक
सम्बन्ध विच्छेद तथा बहुविवाहका घटना बढ्दो
सम्बन्ध विच्छेद तथा बहुविवाहका घटना बढ्दो
गाउँगाउँमा विकासको मूल फुटेको छ : मन्त्री विश्वकर्मा
गाउँगाउँमा विकासको मूल फुटेको छ : मन्त्री विश्वकर्मा
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीबीचको भेटवार्तापछि उच्चस्तरीय वार्ता सुरु
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीबीचको भेटवार्तापछि उच्चस्तरीय वार्ता सुरु

तपाईंले छुटाउनुभयो कि?