चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीबीचको भेटवार्तापछि उच्चस्तरीय वार्ता सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीबीचको भेटवार्तापछि उच्चस्तरीय वार्ता सुरु

सारांश

  • राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको शिष्टाचार भेटवार्तापछि दुईपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सुरु भएको छ।
  • दुवै देशका उच्च अधिकारी सम्मिलित उच्चस्तरीय वार्तालाई प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपतिले सम्बोधन गरेका छन्।
  • वार्तापछि केही समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको शिष्टाचार भेटवार्तापछि दुईपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सुरु भएको छ। दुवै देशका उच्च अधिकारी सम्मिलित उच्चस्तरीय वार्तालाई प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपतिले सम्बोधन गरेका छन्। वार्तापछि केही समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

हस्ताक्षर पत्रमा रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली करिडोरलगायतका विषय समावेश गरिएका छन्। केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा रहेको छ। त्यसपछि संयुक्त विज्ञप्ती जारी हुनेछ।

दुईपक्षीय वार्ताअघि प्रधानमन्त्री ओलीले सीसँग अलग्गै भेटवार्ता गरेका थिए। आइतबार बिहान नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्हरुसँग भेटवार्ता भएको थियो। लगतै प्रचण्डसँग सीले अलग्गै भेटवार्ता गरेका थिए।

शनिबार अपराह्न नेपाल आएका सीले शनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए। शनिबार बेलुका नै सी र देउवाबीच होटल सोल्टीमा भेटवार्ता भएको थियो। सी आइतबार मध्यान्ह नै स्वदेश फर्किने कार्यक्रम छ।

(https://www.spinabifida.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण
बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण
रु छ करोडको लगानीमा बिरामी आवास भवन
रु छ करोडको लगानीमा बिरामी आवास भवन
अमेरिकाद्धारा डीभी र गैरआप्रवासी भीसाका अपोइन्टमेन्ट रद्द
अमेरिकाद्धारा डीभी र गैरआप्रवासी भीसाका अपोइन्टमेन्ट रद्द
नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित
नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित
जीवी राई खोज्न मलेसिया पुगेको प्रहरी टोली रित्तो हात फर्कियो
जीवी राई खोज्न मलेसिया पुगेको प्रहरी टोली रित्तो हात फर्कियो
चितवनमा प्रचण्डको आक्रोशः नेताहरुलाई जथाभाबी बोल्न आवश्यक छैन
चितवनमा प्रचण्डको आक्रोशः नेताहरुलाई जथाभाबी बोल्न आवश्यक छैन
भिक्षु सुभद्रको त्यो एक वचनले लिपिबद्ध गरियो त्रिपिटक
भिक्षु सुभद्रको त्यो एक वचनले लिपिबद्ध गरियो त्रिपिटक
विश्वकप क्रिकेटः बंगलादेशमाथि भारतको सहज जीत
विश्वकप क्रिकेटः बंगलादेशमाथि भारतको सहज जीत
ऐतिहासिक वृहत बामपन्थी शिक्षक एकता अभियान शुरु
ऐतिहासिक वृहत बामपन्थी शिक्षक एकता अभियान शुरु

तपाईंले छुटाउनुभयो कि?