गाउँगाउँमा विकासको मूल फुटेको छ : मन्त्री विश्वकर्मा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
३७ पटक हेरिएको
Shares
गाउँगाउँमा विकासको मूल फुटेको छ : मन्त्री विश्वकर्मा

सारांश

  • युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तीनै तहका सरकारबीच विकास निर्माणका कार्यमा आपसी सहकार्य र समन्वय भइरहेको बताउनुभएको छ ।
  • पोखरा महानगरपालिका–१९ घार्मीमा लामाचौर स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रममा आज उहाँले देशमा सडक, खानेपानी, विद्यालय, स्वास्थ्यचौकीलगायत विकासका पूर्वाधारले प्राथमिकता पाएको बताउनुभयो ।
  • जनप्रतिनिधि निर्वाचित भएर आएसँगै सङ्घ, प्रदेश र स्थानीय सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकास निर्माणले तीव्रता पाएको बताउँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “तीन तहका सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकासको मूल फुटेको छ ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तीनै तहका सरकारबीच विकास निर्माणका कार्यमा आपसी सहकार्य र समन्वय भइरहेको बताउनुभएको छ ।पोखरा महानगरपालिका–१९ घार्मीमा लामाचौर स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रममा आज उहाँले देशमा सडक, खानेपानी, विद्यालय, स्वास्थ्यचौकीलगायत विकासका पूर्वाधारले प्राथमिकता पाएको बताउनुभयो ।जनप्रतिनिधि निर्वाचित भएर आएसँगै सङ्घ, प्रदेश र स्थानीय सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकास निर्माणले तीव्रता पाएको बताउँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “तीन तहका सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकासको मूल फुटेको छ ।”

विगतमा शारीरिक परिश्रमबाट व्यायाम प्राप्त भए पनि पछिल्लो समय त्यसो हुन नसक्दा मधुमेह, उच्च रक्तचापलगायत समस्याका बिरामीहरुको सङ्ख्या बढेकाले बिहान÷बेलुका खेलकूदमा ध्यान दिनुपर्ने भनाइ मन्त्री विश्वकर्माको छ ।उहाँले विकास निर्माणका कार्य गुणस्तरीय हिसाबले निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनी, प्राविधिक कर्मचारी र स्थानीयवासीको भूमिका रहने भएकाले सबैले आ–आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले स्वास्थ्य सेवालाई चौबिसै घण्टा आम जनताको पहुँचमा पु¥याउनुपर्ने उल्लेख गर्दै आधुनिक भवनसँगसँगै आधारभूत स्वास्थ्य सेवा र औषधि उपलब्ध हुनुपर्ने बताउनुभयो ।सार्वजनिक खरीद ऐन समयसापेक्ष परिमार्जन नहुँदा विकास योजना शुरुआत गर्न ढिलाइ हुने गरेको बताउँदै उहाँले सरकारसँग सो ऐन परिमार्जन गरी सरल बनाउन माग गर्नुभयो ।

वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलले वडाका प्रत्येक घरमा स्वास्थ्य सेवा पु¥याउने योजनाअनुसार काम अघि बढेको जानकारी दिनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख उमेश चौधरी, नेकपाका वडाध्यक्ष विष्णु गौतम, नेपाली काङ्ग्रेसका वडा सभापति महेश्वर पाण्डे, महिला स्वास्थ्य स्वयंसेविका दुर्गा बस्नेत लगायतले समयमै भवन निर्माण भएर जनताले सेवा पाउनुपर्ने बताउनुभएको थियो ।

विसं २०५१ मा निर्माण गरिएको साँघुरो र अस्थायी भवनबाट सेवा प्रदान गर्दै आएको स्वास्थ्यचौकीको नयाँ भवन निर्माणका लागि पुनर्निमाण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइको रु एक करोड ८० लाख बजेटबाट काम शुरु भएको हो । भवन निर्माणका लागि न्यू ड्रागन जेभीसँग आगामी १५ महीनाभित्र सम्पन्न गर्ने गरी गत असार १६ गते ठेक्का सम्झौता भएको प्राधिकरणका एकाइ प्रमुख चौधरीले जानकारी दिनुभयो । स्वास्थ्य चौकी पाँच रोपनी क्षेत्रफलमा बर्थिङ सेन्टरसहित दुई तलाको बन्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा जग्गा प्लटिङको असर: एकै वर्षमा ९० हजार मेट्रिक टन खाद्यान्न उत्पादनमा गिरावट
झापामा जग्गा प्लटिङको असर: एकै वर्षमा ९० हजार मेट्रिक टन खाद्यान्न उत्पादनमा गिरावट
जनार्दन शर्माले पहिलो पटक आफैंलाई भोट हाले
जनार्दन शर्माले पहिलो पटक आफैंलाई भोट हाले
दोस्रो कार्यकालको पदभार ग्रहणपछि यस्तो भने उपराष्ट्रपतिले
दोस्रो कार्यकालको पदभार ग्रहणपछि यस्तो भने उपराष्ट्रपतिले
१२ कक्षामा फेल भएपछि धनुष यसरी बने सुपरस्टार
१२ कक्षामा फेल भएपछि धनुष यसरी बने सुपरस्टार
प्रदेशमा आर्थिक बेथितिको चाङ : सात प्रदेशको बेरुजु झण्डै २८ अर्ब
प्रदेशमा आर्थिक बेथितिको चाङ : सात प्रदेशको बेरुजु झण्डै २८ अर्ब
एक सय पच्चीस गजलकारहरु अटाएको शैलहार
एक सय पच्चीस गजलकारहरु अटाएको शैलहार
प्रियङ्का चोपडा निर्मित नेपाली फिल्म ‘पाहुना’ युट्युबाट सार्वजनिक-भिडियो सहित
प्रियङ्का चोपडा निर्मित नेपाली फिल्म ‘पाहुना’ युट्युबाट सार्वजनिक-भिडियो सहित
सोह्रवटा हिमाल र ३७ वटा गाउँ देखिने एउटै ठाउँ
सोह्रवटा हिमाल र ३७ वटा गाउँ देखिने एउटै ठाउँ
आशलाग्दो छ नयाँ वर्ष २०७५ साल! प्रधानमन्त्री ओलीको बुलन्द हौसला!
आशलाग्दो छ नयाँ वर्ष २०७५ साल! प्रधानमन्त्री ओलीको बुलन्द हौसला!
शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव
शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव

तपाईंले छुटाउनुभयो कि?