किरियापुत्रीले पनि गरे मतदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
८३७ पटक हेरिएको
Shares
किरियापुत्रीले पनि गरे मतदान

सारांश

  • स्थानीय तहको निर्वाचनमा नुवाकोटमा दुई स्थानबाट किरियापुत्रीले मतदान गरेका छन् ।
  • विदुर नगरपालिका– ६ इनारपाटीका द्रोणबहादुर सडौलाले महालक्ष्मी प्रावि मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ ।
  • हिजो आमा गुमाउनुभएका सडौलाले किरिया भेषमा नै मतदान केन्द्र पुगेर मतदान गर्नुभएको हो ।

स्थानीय तहको निर्वाचनमा नुवाकोटमा दुई स्थानबाट किरियापुत्रीले मतदान गरेका छन् ।

विदुर नगरपालिका– ६ इनारपाटीका द्रोणबहादुर सडौलाले महालक्ष्मी प्रावि मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । हिजो आमा गुमाउनुभएका सडौलाले किरिया भेषमा नै मतदान केन्द्र पुगेर मतदान गर्नुभएको हो ।

यस्तै, विनपा–१२ चारघरेमा बुबा गुमाएका तीन छोराले महेन्द्र मावि मतदान केन्द्र पुगेर मतदान गरेका छन् । पदमबहादुर विश्वकर्मा, चुलबहादुर विश्वकर्मा र रामकुमार विश्वकर्माले मतदान गरेका हुन् । बुबा बितेको चार दिन भए पनि २० वर्षपछि भएको निर्वाचनको अवसर गुमाउन नहुने भन्दै मतदानमा सहभागी भएको किरियापुत्रीले जनाएका छन् ।

 

 

 

Source : RSS

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?