अाज उल्कावर्षा हुने , हेर्नकालागी याे समय उत्तम
सारांश
- काठमाडौँ, ४ कात्तिक।
- आइतबार राति उल्कावर्षा हुने भएको छ ।
- हेलीको पुछ्रे ताराका कारण हुने मृघशिरा उल्कावर्षा आइतबार राति पौने ११ बजेदेखि सोमबार बिहान पौने ६ बजेसम्म देख्न सकिने वैज्ञानिकले बताएका छन् ।
काठमाडौँ, ४ कात्तिक। आइतबार राति उल्कावर्षा हुने भएको छ । हेलीको पुछ्रे ताराका कारण हुने मृघशिरा उल्कावर्षा आइतबार राति पौने ११ बजेदेखि सोमबार बिहान पौने ६ बजेसम्म देख्न सकिने वैज्ञानिकले बताएका छन् । उल्कावर्षा हेर्नका लागि सोमबार बिहान पौने ४ बजेपछिको समय उत्तम हुने जानकारी वैज्ञानिकले दिएका छन् ।
नेपाल एस्ट्रोनोमिलकल सोसाइटी नासाका अध्यक्ष सुरेश भट्टराईका अनुसार अत्याधिक उल्कावर्षाको बेला प्रतिघण्टा २० सम्म उल्का देखिने अनुमान गरिएको छ । उल्कावर्षाको गति प्रतिसेकेण्ड ६७ किलोमिटरसम्म हुने भएकोले झण्डै ७० किलोमिटर माथि वायुमण्डलमा घर्षण भएर यस्तो दृश्य देखिने भट्टराईले जानकारी दिएका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया